आक्रामक बैंकहरुको अगाडी राष्ट्रिय बाणिज्य बैंकको भलादमी बैंकिङ व्यवसाय, ४ अर्ब ९१ करोड मुनाफा

  • BFIS News
  • 2023 Aug Sun 08:48
आक्रामक बैंकहरुको अगाडी राष्ट्रिय बाणिज्य बैंकको भलादमी बैंकिङ व्यवसाय, ४ अर्ब ९१ करोड मुनाफा

काठमाडौं । आक्रामक बैंकहरुको अगाडी राष्ट्रिय बाणिज्य बैंकले चामत्कारिक प्रस्तुती दिएको छ । नीजी स्तरका बाणिज्य बैंकहरुको खराव कर्जा बढ्दै गर्दा राष्ट्रिय बाणिज्य बैंकको भने नियन्त्रणमा छ । अन्य बैंकहरुको भन्दा कम व्याजदर र गुणस्तरीय बैंकिङ व्यवसायलाई जोड दिएका कारण बाणिज्य बैंकको सबै सूचकहरु स्वस्थकर छन् ।

गत आर्थिक वर्ष २०७९/८० मा बैंकले  १४.५४ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । बैंकले गत वर्ष ४ अर्ब ९१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी यस भन्दा अघिल्लो आर्थिक वर्षमा ४ अर्ब २९ करोड थियो ।

बैंकको खुद व्याज आम्दानी पनि ३२ प्रतिशतले बृद्धि भएको छ । बाणिज्य बैंकले कर्जा प्रवाह गर्दा ऋणीका सम्पुर्ण विवरण हेर्ने भएकाले पनि बैंकको खराव कर्जा नियन्त्रणमा छ । यस्तो खराव कर्जा ०.८६ प्रतिशत विन्दुले बढेर २.९५ प्रतिशत छ । कुनै समयमा बाणिज्य बैंकको खराव कर्जा ५ प्रतिशत भन्दा माथि थियो । बैंकले पछिल्ला ४/५ वर्षमा खराव कर्जालाई पुर्ण रुपमा नियन्त्रण गरेको छ । तर यस वर्ष आर्थिक सिथिलताका कारण सम्पुर्ण बैंकहरुको खराव कर्जामा धेरै नै बृद्धि देखिन्छ । अन्य बैंकको भन्दा सस्तो व्याजदर त्यसमा पनि ऋणी छानेर मात्रै कर्जा प्रवाह गर्ने भएकाले राष्ट्रिय बाणिज्य बैंकको बैंकिङ व्यवसाय निजीको तुलनामा भलादमी देखिएको हो ।

चुक्ता पूँजि १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकले २४ प्रतिशतले निक्षेप बढाएको छ भने ९.४३ प्रतिशतले कर्जा विस्तार गरेको छ । यस अवधिमा बैंकले ३ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब कर्जा लगानी गरेको छ ।

बैंकको स्प्रेडदर पनि अन्य बैंकहरुको तुलनामा तलै छ । असार मसान्तसम्ममा यस्तो स्प्रेडदर ३.९८ प्रतिशत छ । कष्ट अफ फण्ड पनि ६.११ प्रतिशत मात्रै छ । बैंकको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार