नविल बैंकको ४ लाख ८२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

  • BFIS News
  • 2023 Aug Mon 10:42
नविल बैंकको ४ लाख ८२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नविल बैंकले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकको विद्यमान संस्थापक शेयरधनिहरुले उक्त शेयर बिक्रीका लागि आह्वान गरेका हुन् ।

बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुलाई नै उक्त शेयर खरिदका लागि अनुरोध गरेको थियो । यसरी ३५ दिनको म्याद दिदा पनि विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न नचाहे पछि बैंकले अन्य लगानीकर्ताहरुलाई भित्र्याउने भएको हो । यसरी बैंकको उक्त संस्थापक शेयर खरिद गर्न चाहनेले आगामी एक साता भित्र बैंकको शेयर रजिष्ट्रार नविल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्सालमा सम्पर्क गर्न सक्ने छन् । शेयर खरिदका लागि नेपाल राष्ट्र बैंक तथा प्रचलित कानुनी व्यवस्था सहित बैंकका केहि सर्तहरु पालना गर्नु पर्नेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार