कर्जा स्रोत परिचालन अनुपात कायम नगर्ने कुमारी र हिमालयन बैंकलाई नगद जरिवाना

  • BFIS News
  • 2023 Aug Mon 14:39
कर्जा स्रोत परिचालन अनुपात कायम नगर्ने कुमारी र हिमालयन बैंकलाई नगद जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रचलित निर्देशन तथा निर्देशिकालाई उल्लङ्घन गरेको भन्दै तीन बाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा स्रोत परिचालन अनुपात कायम नगरेको भन्दै नगद जरिवाना गरेको हो ।

कुमारी बैंकलाई राष्ट्र बैंकले पहिलो पटक २०७९ माघ महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेको भन्दै ५९ लाख ६३ हजार रुपैयाँ नगद जरिवाना गरेको छ । त्यस्तै हिमालयन बैंकलाई पनि २०७९ कार्तिक महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै पहिलो पटक एक करोड ३९ लाख रुपैयाँ नगद जरिवाना गरेको छ ।

राष्ट्र बैंकबाट बैंक वित्तीय संस्थाहरुलाई जारि गरिएको एकिकृत निर्देशन २०७९ को निर्देशन नम्बर २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, क्यापिटल एडिक्युसी फ्रेमवर्क २०१५ अनुसार जवखिम भारित सम्पत्ती गणना गर्दा वास्तविक भन्दा कम गरेको र इ.प्रा.नं. १५/०७९ को व्यवस्था विपरित प्रिमियम दर बढाई व्यास असुल गरेकोले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार