व्यापारीले एक पटकमा ६० हजार डलरसम्मको सामान आयात गर्न पाउने, हवाइबाट एक लाख डलरसम्म

  • BFIS News
  • 2023 Aug Mon 18:47
व्यापारीले एक पटकमा ६० हजार डलरसम्मको सामान आयात गर्न पाउने, हवाइबाट एक लाख डलरसम्म

काठमाडौं । व्यापारीले एक पटकमा ६० हजार डलरसम्मको सामान आयात गर्न पाउने भएका छन् । त्यस्तै वायु सेवा सञ्चालक संस्थाले भने एक पटकमा एक लाख डलरसम्मको सामान आयात गर्ने सुविधा पाएका छन् ।

नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ मा संशोधन गर्ने क्रममा एक पटकमा अधिकतम ६० हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मको मालसामान आयात गर्न सकिने व्यवस्था गरेको छ । यस भन्द अगाडी एक पटकमा अधिकतम ५० हजार अमेरिकी डलरसम्मको मात्रै आयात गर्न पाइन्थ्यो ।

यस व्यवस्था बमोजिम एक पटक सटही सुविधा प्राप्त गरेपश्चात पुनः सोही निर्यातकर्ताबाट अर्को शीपमेन्टको बस्तु आयातको लागि सटही सुविधा प्राप्त गर्न शर्तहरु तोकिएको छ । एक पटक सटही सुविधा लिएर सामान आयात भएको सात दिन पछि मात्रै यस्तो सुविधा पाइनेछ । भारतबाट हुने आयातको हकमा यस्तो सीमा भारतीय रुपैयाँ तीन करोडसम्म हुनेछ ।

एकिकृत निर्देशन

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार