माइक्रोफाइनान्सले १५ प्रतिशत भन्दा माथिको लाभांशको ३५ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा राख्नै पर्ने

  • BFIS News
  • 2023 Aug Tue 06:01
माइक्रोफाइनान्सले १५ प्रतिशत भन्दा माथिको लाभांशको ३५ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा राख्नै पर्ने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले मुनाफाको एक प्रतिशत रकम ग्राहक संरक्षण कोषमा जम्मा गरेर मात्रै खर्च गर्न राष्ट्र बैंकले सचेत गराएको छ । लघुवित्त वित्तीय संस्थाको नाफाको केहि हिस्सा ग्राहकको हितमा खर्च होस् भन्ने उद्देश्यले नाफाको एक प्रतिशत रकम र १५ प्रतिशत भन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम अलग्गै ग्राहक संरक्षण कोषमा जम्मा गर्नु पर्ने व्यवस्था रहेको छ । 

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जानका लागि दवाव दिने उद्देश्यले यस्तो व्यवस्था गरेको हो । अर्को तर्फ लघुवित्त वित्तीय संस्थाले गाउँ गाउँमा गएर चर्को व्याजदरमा कर्जा लगानी गरेर उच्चतम प्रतिफल प्रदान गरेको भन्दै आरोप लागे पछि राष्ट्र बैंकले लाभांशमा प्रतिवन्ध लगाउदै आएको छ ।

लघुवित्त वित्तीय संस्थाले उक्त कोषमा जम्मा भएको रकम समस्यामा परेका ऋणीको व्यवसायको सुरक्षण एवम् पुनर्स्थापना गर्ने, ग्राहकको शिक्षा र क्षमता विकास गर्ने, ग्राहकका सन्तानको विद्यालयस्तरको शिक्षा, स्वास्थ्य तथा पोषण जस्ता सामुहिक हित हुने कार्यमा मात्र खर्च गर्नुपर्छ ।

थोक कर्जा उपलब्ध गराउने लघुवित्त वित्तीय संस्थाले यस्तो कोषको रकम ग्राहक संस्थाका सदश्यको वित्तीय साक्षरता अभिबृद्धिसम्बन्धी कार्यक्रममा समेत खर्च गर्न सक्छन् । यसरी खर्च भएको रकमसम्बन्धी विवरण संस्थाको वार्षिक प्रतिवेदनमा स्पष्ट रुपमा खुलाउनुपर्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार