Nepal Life

महासंघ र चिनिया राजदूत भेटवार्ता, नेपाल चिनिया लगानी र पर्यटनको मुख्य गन्तव्य वन्न सक्छ

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 17:16
महासंघ र चिनिया राजदूत भेटवार्ता, नेपाल चिनिया लगानी र पर्यटनको मुख्य गन्तव्य वन्न सक्छ
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपालका लागि चिनिया राजदूत छन सोंगबीच मंगलबार औपचारिक भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चिनिया लगानी र पर्यटनको मुख्य गन्तव्य वन्न सक्ने वताएका छन् ।

NIMB

नेपालको उत्पादनमूलक क्षेत्र, उर्जा, पर्यटन पुर्वाधार लगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको तर्फ अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षण गराए ।

पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य शहरबाट नेपालका सबै अन्तराष्टिय विमानस्थलहरुमा सिधा उडान आवश्यक रहेको समेत वताए । साथै अध्यक्ष ढकालले चिनिया पर्यटकहरुको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्नुपर्ने अध्यक्ष ढकालको आग्रह थियो ।

महासंघले साना उद्यमशीलता प्रवद्र्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न पनि आग्रह गरे । यसैगरि नेपालमा चिनिया बैंक आउने सक्ने सम्भावना तर्फ पनि अध्यक्ष ढकालले राजदूत संगको ध्यानाकर्षण गराए । लामो समयदेखि वन्द रहेको तातोपानी नाकाको प्रभावकारी संचालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए ।

भेटका क्रममा राजदूत संगले नेपालमा लगानी गर्न चिनिया लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने वताए । उत्पादनमूलक उद्योग, कृषि, उर्जा लगायतका क्षेत्रमा चिनिया लगानीकर्ता आकर्षित रहेको वताए ।

तर विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था गरिनुपर्ने राजदूत सोंगको भनाइ थियो । चीनमा पनि शुरुमा विदेशी लगानीसंग नीति निर्माता ससंकित भएपनि पछि सुधार गर्दै गएको वताए । लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहने पनि उनले वताए । चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक वन्न सकेको उदाहरण राजदूत सोंगले प्रस्तुत गरेका छन् ।

यसैगरि तातोपानी नाका खोल्ने र नेपालमा चिनिया बैंक आउनेबारेमा छलफल भैरहेको जानकारी पनि राजदूत संगले दिए । भेटका क्रममा महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको पनि सहभागिता रहेको थियो ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया