NIMB Header 2
Nepal Life

सिजी फुड्सले नेपाली क्रिकेट विकासका लागि ६० लाख सहयोग गर्ने

IME LIFE
  • BFIS News
  • 2024 Jun 10 16:15
सिजी फुड्सले नेपाली क्रिकेट विकासका लागि ६० लाख सहयोग गर्ने
United Ajod

काठमाडौं । सिजी फुड्स नेपाल लिमिटेडले अण्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँको सहयोग गर्ने भएको छ।

Nepal Life
NIMB

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिइएको हो। नेपालले २०२७ को आइसिसी यु-१९ महिला विश्वकप क्रिकेट बंगलादेशसँग मिलेर आयोजना गर्दैछ। सोही विश्वकपलाई मध्यनजर गरी सिजी फुड्स नेपाल लिमिटेडले नेपाली क्रिकेटको उत्थानका लागि सहयोग गर्न लागेको जनाएको छ।

पुरुष अण्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला अण्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषण गरेको हो।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सिजी फुड्सका सिइओ प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

साथै लिमिटेडले वाइवाइ चाउचाउले नेपाल दोस्रो पटक आइसिसी पुरुष टी–२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य र नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइवाइ क्रिकेट स्पेसल एडिसन प्याकेज’ ल्याएको पनि जनाएको छ।

वाइवाइको यस विशेष प्याकेजले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन मिल्ने बताइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया