Nepal Life

नेपाल राष्ट्र बैंकमा ६० प्रतिशत कर्मचारीको योग्यता स्नातकोत्तर, १४ जना पिएचडी होल्डर ५८ जनाको एसएलसी

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 07:21
नेपाल राष्ट्र बैंकमा ६० प्रतिशत कर्मचारीको योग्यता स्नातकोत्तर, १४ जना पिएचडी होल्डर ५८ जनाको एसएलसी
Sanima Reliance

काठमाडौं । नेपालमा सरकारी जागिर मध्ये सबैभन्दा धेरै आकर्षण नेपाल राष्ट्र बैंकको जागिरमा देखिन्छ । राष्ट्र बैंकले सन् २०१७ मा १०६ जना कर्मचारीका लागि दरखास्त आह्वान गर्दा ४४ हजार ८९५ जनाको आवेदन परेको थियो । तुलनात्मक रुपमा पछिल्ला दिनमा आवेदन दिनेको अनुपात कम हुँदै गए पनि सरकारी जागिरको तयार गर्नेहरु मध्ये राष्ट्र बैंकको जागिरका लागि नसोच्ने कमै होलान् ।

NIMB

राष्ट्र बैंकले सहायक र अधिकृत स्तरमा कर्मचारी भर्ना गर्दै आएको छ । कुनै समय राष्ट्र बैंकमा ३३०८ जनासम्म कर्मचारी थिए । अहिले राष्ट्र बैंकमा १०८२ जना छन् । राष्ट्र बैंकले कोर बैंकिङ छाडे सँगै कर्मचारीमा भारी कटौती गरेको हो । राष्ट्र बैंकका कर्मचारी अन्य सरकारी निकायका अफिसर भन्दा स्मार्ट छन् भन्ने विश्वास गरिन्छ ।

कुल कर्मचारी मध्ये यहाँ १४ जनाले पिएचडी र १४ जनाले नै एमफिल गरेका छन् । ६०.८ प्रतिशत कर्मचारीले स्नातकोत्तर उत्तीर्ण गरेका छन् । सहायका स्तरकै कर्मचारीहरु मध्ये १०७ जनाले स्नातकोत्तर गरेका छन् । २६२ जना सहायक द्धितिय मध्ये ७२ जनाले स्नातकोत्तर गरेका छन् । राष्ट्र बैंकमा स्नातकोत्तर गर्नेको संख्या ६०७ जना रहेको छ ।

राष्ट्र बैंकमा ५३ जना चार्टर्ड एकाउन्टेन्ट छन् । स्नातक गर्नेको संख्या जम्मा १८६ रहेको छ । त्यस्तै प्लस टु योग्यता भएका कर्मचारी जम्मा ६७ जना छन् भने एसएलसी वा सो भन्दा कम योग्यता भएका कर्मचारीको संख्या ५८ जना छ ।

राष्ट्र बैंकमा २ प्रतिशत विशिष्ट श्रेष्णीका अधिकृत छन् । त्यस्तै निर्देशक तहका कर्मचारी ५ प्रतिशत, दोस्रो श्रेणीका अफिसर १८ प्रतिशत, तेस्रो श्रेणीका अफिसर २७ प्रतिशत, सहायक प्रथम श्रेणीका १५ प्रतिशत, सहायक द्धितीय श्रेणीका २४ प्रतिशत र एक प्रतिशत सहायक तेस्रो श्रेणीका कर्मचारी छ । राष्ट्र बैंकमा कुल कर्मचारी मध्ये पुरुषको संख्या ७५ प्रतिशत छ भने महिनाको संख्या जम्मा २५ प्रतिशत मात्रै छ ।

राष्ट्र बैंकमा रहेका कर्मचारीहरु मध्ये औषत उमेर ४० वर्ष रहेको छ । एक तिहाइ कर्मचारी ३१ वर्षदेखि ४० वर्ष उमेर समुहका छन्  । अधिकृत स्तरका कर्मचारीको औषत उमेर ५२.०८ वर्ष रहेको छ । त्यस्तै सहायक दोस्रो तहका कर्मचारीको औषत उमेर ३३ वर्ष छ । सहायक तेस्रो श्रेणीका कर्मचारीको औषत उमेर ५१ वर्ष छ । राष्ट्र बैंकले पछिल्लो समय सहायक तेस्रो श्रेणीमा नयाँ भर्ना लिने गरेको छैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया