Nepal Life

धितोपत्र बोर्डको सर्ट लिष्टमा परेका ५ जनाको अन्तर्वार्ता आज, सोमबार नियुक्त गर्ने तयारी

NMB Bank
  • BFIS News
  • 2024 Jun 16 11:16
धितोपत्र बोर्डको सर्ट लिष्टमा परेका ५ जनाको अन्तर्वार्ता आज, सोमबार नियुक्त गर्ने तयारी
National Life

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि ‘सर्ट लिस्ट’ मा परेका ५ जना उम्मेद्वारको अन्तरवार्ता आज असार २ गते आइतबार हुने भएको छ।

Shikhar
NIMB

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बोर्डको अध्यक्षका लागि सर्टलिस्टेड उम्मेद्वारहरुलाई आज व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तरवार्ताका लागि बोलाएको हो।

अन्तरवार्ता आज बिहान ९ बजेदेखि राष्ट्रिय योजना आयोगको सभा हलमा सुरु भइसकेको छ । बोर्ड अध्यक्षका लागि डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्जका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र सन्तोष नारायण श्रेष्ठ ‘सर्ट लिस्ट’ मा परेका छन्।

सरकारले गत माघमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको अध्यक्षतामा धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति गठन गरेको थियो। उक्त समितिले २५ चैतमा धितोपत्र बोर्डको अध्यक्षका लागि उम्मेद्वारहरुको नाम सिफारिस गरेको थियो। अर्थमन्त्रीको निर्देशनमा रोकिएको कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तरवार्ताका लागि आज बोलाइएको हो।

सम्भवत भोलिको मन्त्रिपरिषदको बैठकले बोर्डको अध्यक्षलाई नियुक्त गर्नेछ । बजारमा धितोपत्र बोर्डको अध्यक्षका विषयमा वार्गेनिङ मिलेको भन्ने हल्ला सँगै लगानीकर्ताहरुले चर्को विरोध गरेका छन् । उनिहरुले स्वार्थ बोकेको व्यक्तिलाई नभइ निष्पक्ष रुपमा निर्णय गर्न आह्वान गरेका छन् । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया