Nepal Life

सरकारले ११ महिनामा शेयरधनी सँग उठायो ४ अर्ब ८५ करोड पूँजीगत लाभकर, 'सेक्टरल रोटेशनबाटै तीन गुणा कमाउन सफल'

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Tue 12:33
सरकारले ११ महिनामा शेयरधनी सँग उठायो ४ अर्ब ८५ करोड पूँजीगत लाभकर, 'सेक्टरल रोटेशनबाटै तीन गुणा कमाउन सफल'
Sanima Reliance

काठमाडौं । शेयर बजारका लगानीकर्ताले चालु आर्थिक वर्षको ११ महिनामा सरकारलाई ४ अर्ब ८५ करोड रुपैयाँ पूँजीगत लाभकर भुक्तानी गरेका छन् । यस वर्ष सूचकमा खासै ठुलो उतारचढाव नभए पनि सरेक्टर सूचकमा आएको उतारचढावबाट  लगानीकर्ताले राम्रो पैसा कमाएका छन् ।

NIMB

पछिल्लो १ बर्ष नेप्से परिसूचकमा खासै अन्तर नदेखिएता पनि सेक्टर रोटेशन र लो-क्याप नै हावी रह्यो । बजारमा सक्रिय कारोबारीले यहि माध्यमलाई नै प्रयोग गर्दै आफ्नो लगानीमा ३ गुना भन्दा बढी सम्म कमाउन सफल भएका छन् । 

लगानीकर्ताले कम्पनी विशेषमा पैसा कमाउदा पूँजीगत लाभकर पनि बढ्न पुगेको हो । सरकारले प्राप्त गरेको पूँजीगत लाभकरमा निकै उतारचढाव देख्न सकिन्छ । कुनै महिनामा ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको सरकारले गएको ४ महिनामा मात्रै १ अर्ब ९९ करोड संकलन गरेको छ । गएको कार्तिक महिनामा सबैभन्दा कम ८४ करोड १५ लाख रुपैयाँ मात्रै संकलन भएको थियो । माघ महिनासम्ममा २ अर्ब ८६ करोड संकलन गरेको थियो ।   

सरकारले अल्पकालिन लगानीकर्ता सँग ७.५ प्रतिशत र दीर्घकालिन लगानीकर्ता सँग ५ प्रतिशत संकलन गर्दै आइरहेको छ । शेयर खरिद गरेको एक वर्ष भित्रै खरिद बिक्री गरेमा अल्पकालिन लगानीभित्र जोडिन्छ । त्यस्तै एक वर्ष भन्दा माथिको अवधिमा खरिद बिक्री भयो भने त्यो दीर्घकालिन लगानी भित्र मूल्याङ्कन गरिन्छ । संस्थागत लगानीकर्ताहरुलाई भने १० प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था छ । नेपालको इतिहासमा सरकारले सर्वाधिक १४ अर्ब १३ करोड रुपैयाँसम्म पूँजीगत लाभकर संकलन गरेको पाइन्छ । यो लाभकर आर्थिक वर्ष २०७७/७८ मा संकलन भएको थियो । जुन वर्ष शेयर बजार अहिलेसम्मकै सर्वाधिक उचाइमा थियो ।

सरकारले कोभिड १९ का कारण सबै क्षेत्र ठप्प हुँदा पनि दोस्रो बजारबाट १० अर्ब ३६ करोड रुपैयाँ लाभकर संकलन गरेको थियो । सरकारले सर्वाधिक धेरै पूँजीगत लाभकर संकलन गर्दा बजार पूँजीकरण ४४ खर्ब माथि थियो । यस पछि बजार लगातार तल झर्ने क्रममा बजार पूँजीकरण २८ खर्ब ६९ अर्बसम्म तल झर्यो ।

सरकारको अस्थिर नीतिका कारण सरकारले शेयर बजारलाई नियमित रुपमा आकर्षक लाभकर संकलन हुने क्षेत्रको रुपमा विकास गर्न सकेको छैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया