Nepal Life

सामान्य बढ्यो कामना सेवा विकास बैंकको नाफा

NMB Bank
  • BFIS News
  • 2025 Nov 02 10:06
सामान्य बढ्यो कामना सेवा विकास बैंकको नाफा
National Life

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले समीक्षा अवधिमा नाफा सामान्य रूपमा वृद्धि गर्न सफल भएको छ।

Shikhar
NIMB

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १७ करोड ४९ लाख रुपैयाँ नाफाभन्दा १२.९२ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि हुँदा बैंकको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १९.०६ प्रतिशत, र खुद फि तथा कमिशन आम्दानी १२.२० प्रतिशत बढेको छ।
त्यस्तै, कुल सञ्चालन आम्दानी १८.२७ प्रतिशत र सञ्चालन मुनाफा १०.८६ प्रतिशत वृद्धि भएको छ।

तर नाफा बढेपनि वितरणयोग्य मुनाफा घटेको छ। असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५.५६ प्रतिशतले घटेर कम भएको छ। यस अवधिमा बैंकको निष्क्रिय कर्जा (NPL) ३.९६ प्रतिशतबाट बढेर ४.४१ प्रतिशत पुगेको छ, जसका कारण इम्पेरमेन्ट चार्ज ४ करोड ८७ लाख रुपैयाँबाट बढेर ११ करोड ६ लाख रुपैयाँ पुगेको हो।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) ५३ पैसा बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ भने वितरणयोग्य EPS ९ रुपैयाँ ९० पैसा घटेर १४ रुपैयाँ १ पैसामा झरेको छ।
बैंकको मूल्य–आम्दानी अनुपात (P/E Ratio) २०.१८ गुणा र प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ३१ पैसा रहेको छ।

३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब २ करोड ३ लाख रुपैयाँ सञ्चित छ।
पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ६३ अर्ब ४ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४४ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया