Nepal Life

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 10:52
हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड सम्पन्न
Sanima Reliance

 

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । 

NIMB

हाथवेको आईपीओमा कुल २७ हजार २ सय ३६ जनाको आवेदन परेकोमा ५ जनाको आवेदन रद्द भएको छ । शेयर पाउन योग्य रहेका २७ हजार २ सय ३१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ। जस अनुसार गोलाप्रथाबाट १४ हजार ६ सय २५ जना आवेदनले २० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा शेयर पाउन योग्य रहेका १२ हजार ६ सय ६ जना आवेदक हात खाली भएका छन् । 

आईपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, मेरोशेयरको वेबसाइट र सिडीएसले आईपीओ नतिजा हेर्न संचालनमा ल्याएको वेबसाइटबाट हेर्न सकिन्छ । 

कम्पनीले साउन ४ देखि साउन १८  गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रति कित्ता ५० रुपैयाँ मै आईपिओ निष्काशन गरेको थियो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९२ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया