Nepal Life

शेयर बजारलाई पुरानै लयमा फर्काउन खोज्दै लगानीकर्ता, होटल हाइड्रो बीमा र इन्भेष्टमेन्ट कम्पनीमा भित्रिए

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 15:18
शेयर बजारलाई पुरानै लयमा फर्काउन खोज्दै लगानीकर्ता, होटल हाइड्रो बीमा र इन्भेष्टमेन्ट कम्पनीमा भित्रिए
Sanima Reliance

काठमाडौं । मौद्रिक नीति र बजेटको ह्याङ ओभर उत्रिए सँगै सक्रिय लगानीकर्ताले शेयर बजारलाई पुरानै लयमा फर्काउन खोजेका छन् । शेयर बिक्री गरेर बाहिरिएका लगानीकर्ताहरु पुनः बजार प्रवेश गर्न थालेका हुन् । बिहीबार होटल, हाइड्रो, इन्भेष्टमन्ट, बीमा, उत्पादन तथा प्रशोधन, व्यापार र अन्य सूचकमा सुधार देखिएको छ ।

NIMB

ठुलो शेयर सप्लाइ भएका कम्पनीमा खेल्न नसकिने भएकाले लगानीकर्ताको ध्यान थोरै पूँजी भएका कम्पनीमा छ । आज बिहीबार नेप्से सूचक ५.१३ अंकले सुधार हुँदा बैंक तथा वित्तीय संस्थाको सूचकमा गिरावट आएको छ ।

सर्वाधिक धेरै सोल्टी होटलको १६ करोड ५९ लाख, अपर तामाकोशीको ११ करोड २५ लाख, शिवम सिमेन्टको ९ करोड ९३ लाख, आइएमई लाइफको ८ करोड ४० लाख, साल्ट ट्रेडिङको ६ करोड २२ लाखको कारोबार भएको छ ।

प्राविधिक विश्लेषकहरुले आज पनि बजार सुधार हुने प्रक्षेपण गरेका थिए । शेयर बजार २०१९ अंकमा झर्दा शेयर बिक्रीको संख्या घटेपछि हिजो बुधबार एक्कासी शेयर बजारमा सुधार देखियो । बैंकिङ प्रणालीमा तरलता थुप्रिदै गए पछि बैंक वित्तीय संस्थाले शेयर धितो कर्जालाई टार्गेट गरिरहेका छन् । आर्थिक क्षेत्र कमजोर हुँदा अझै पनि बजारमा कर्जाको माग छैन । कर्जामा माग नहुँदा बैंकहरुको एकमात्र विकल्प शेयर धितो कर्जा हो ।

अव विस्तारै बैंक वित्तीय संस्थाले लाभांश घोषणा गर्न सुरु गर्ने छन् । यसले पनि बजारमा केहि हदसम्म उत्साह ल्याउनेछ । राष्ट्र बैंकको तेस्रो त्रैमाशिक समिक्षासम्म राष्ट्र बैंकको कुनै पनि नीतिगत व्यवस्थामा परिवर्तन नआउने भएकाले बजारलाई अवको केहि समय बढाउन सक्रिय लगानीकर्ता लाग्नेछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया