Nepal Life

ग्लोबल एन्टी रेसिज्म च्याम्पियन्स अवार्ड सरस्वती नेपालीलाई

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 16:55
ग्लोबल एन्टी रेसिज्म च्याम्पियन्स अवार्ड सरस्वती नेपालीलाई
Sanima Reliance

काठमाडौं । सरस्वती नेपालीले अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” (GARC) प्राप्त गरेकी छिन् ।

एक प्रशंसित सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षको रूपमा, सरस्वतीले नेपालमा सीमान्तकृत जाति, अपाङ्ग र गरिबहरूको मानवअधिकारको वकालत गर्दै २० वर्ष भन्दा बढी समय बिताएकी छिन् । उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका अनगिन्ती दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् ।  उनले २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजन सहित न्यायको खोजीमा थुप्रै जातीय भेदभाव विरुद्धको मुद्दाहरू जितेकी छिन् । सम्मान र समानताको खोजीमा उनको योगदान साहस र समर्पणको उदाहरण हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया