NIMB Header 2
Prabhu Mahalaxmi

शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारुलाई आउटस्ट्यान्डिङ इन्टरनेसनल लिडरसिप अवार्ड

United Ajod
  • BFIS News
  • 2023 Jul 02 07:02
शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारुलाई आउटस्ट्यान्डिङ इन्टरनेसनल लिडरसिप अवार्ड
IME LIFE

काठमाडौं। शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारुले इन्टरनेसनल अचिवर्स कन्फ्रेन्स (आइएसी) को आउटस्ट्यान्डिङ इन्टरनेसनल लिडरसिप अचिवर्स अवार्ड-२०२३ पाएका छन्।

Nepal Life
NIMB

मारु शिवम् सिमेन्टको स्थापनाकालदेखि निर्देशक छन्। लामो समयदेखि निरन्तर व्यवसायिक क्षेत्रमा सक्रिय उनी कम्पनी व्यवस्थापनमा नेतृत्वका लागि कुशल र संस्था संचालनमा अब्बल मानिन्छन्।

आइएसीले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरमा अवार्ड कार्यक्रम गर्दै आएको छ। यो वर्ष दुबईमा १६औं अवार्ड कार्यक्रम भएको थियो। आइएसीको प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, विभिन्न राष्ट्रका महत्त्वपूर्ण योगदान पुर्‍याएका उत्कृष्ट उद्योगीहरुको छनोट गरी पुरस्कार वितरण गर्ने हो।


यस्तै, अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग समन्वय गराएर व्यापार बिस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको बताइएको छ। उक्त कार्यक्रममा राष्ट्रियस्तरका नेता, सेलिब्रेटी एम्बास्डर, विभिन्न राष्ट्रका उच्च पदाधिकारी लगायत २०० जना भन्दा बढीको सहभागिता थियो।

आइएसीले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रिका विभिन्न विधामा आफ्नो राष्ट्रियस्तरका व्यापारिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्योगहरुको छनोट गरी उद्योगको समग्र क्षेत्रको मूल्यांकन, व्यवस्थापन तथा राष्ट्रियस्तरमा पुर्‍याएको उत्कृष्ट योगदान आधार छनोट गरी अवार्ड दिने गर्छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया