डिस मिडिया नेटवर्क आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा

  • BFIS News
  • 2023 Jul Sun 07:24
डिस मिडिया नेटवर्क आईपीओ निष्काशनका लागि धितोपत्र  बोर्डमा

काठमाडौं । सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति माग्दै डिस मिडिया नेटवर्क नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले असार १२ गते बोर्डमा आईपीओ निष्काशनको लागि अनुमति माग्दै आवेदन दिएको हो ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो ।

कम्पनीको गत चैत २० गते बसेको विशेष साधारण सभाले कम्पनीको पूँजी वृद्धि गर्न सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले डिरेक्ट टू होम (डीटीएच) मार्फत टेलिभिजन सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१० मा सेटलाइट च्यानल प्रालि र डिम मिडिया नेटवर्क प्रालि मर्ज भएर डिस मिडिया नेटवर्क भएको थियो । सन् २०१७ जुलाई २ मा कम्पनी पब्लिक कम्पनीमा परिणत भएको थियो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार