नेपाल सरकारले १० अर्ब रुपैयाँको ८ वर्षे विकास ऋणपत्र जारी गर्दै, बोलकबोलका लागि आह्वान

  • BFIS News
  • 2023 Aug Fri 11:07
नेपाल सरकारले १० अर्ब रुपैयाँको ८ वर्षे विकास ऋणपत्र जारी गर्दै, बोलकबोलका लागि आह्वान

काठमाडौं । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बेंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८८ ‘ख’ जारि गरेको छ । बैंकले १० वर्ष अवधिको उक्त ऋणपत्रका लागि बोलकबोल आह्वान गरेको हो ।

उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने छन् । उक्त ऋणपत्रको व्याजदर बोलकबोल प्रणालीबाट निर्धारण हुनेछ ।

यो ऋणपत्र धितोमा राखि कर्जा लिन/दिन पाइनेछ । साउन २८ वगते दिनको अपरान्ह ३ बजेसम्म बोलकबोल हुनेछ भने ऋणपत्र खरिद गर्न चाहनेले उक्त समयभित्र नेपाल राष्ट्र बैंकको वेवसाइटबाट आवेदन दिन सक्ने छन् । यसको व्याज साउन २९ गतेदेखि आगामी २०८८ साउन २९ गतेसम्म प्राप्त हुनेछ । लगानीकर्ताले अर्धवार्षिक रुपमा व्याज पाउने छन् ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलवालाहरुलाई क्रमश निष्काशित रकमको ८५ प्रतिशत र १५ प्रतिशत अर्थात ८.५ अर्ब र १.५ अर्ब छुट्याइएको छ ।

नेपाल सरकारको विकास ऋणपत्रको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया