Nepal Life

एक सातामा सुनको भाउ तोलामा १४ सय रुपैयाँले घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Fri 12:01
एक सातामा सुनको भाउ तोलामा १४ सय रुपैयाँले घट्यो
Sanima Reliance

काठमाडौं । यो साता सुनको भाउ १४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारदेखि लगातार सुनको भाउ घटिरहेको छ । एक साता लगातार घट्ने क्रममा आज सुनको भाउ प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको भाउ प्रति तोला १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन भाउ प्रतिऔंस १ हजार ९१३.४७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२.६९ डलरमा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया