NIMB Header 2
Nepal Life

म्युचुअल फण्डले कोटामा पाएको शेयरलाई दुरुपयोग गरे सँगै कटौती गर्दै धितोपत्र बोर्ड

Muktinath Bank
  • BFIS News
  • 2023 Aug 11 21:39
म्युचुअल फण्डले कोटामा पाएको शेयरलाई दुरुपयोग गरे सँगै कटौती गर्दै धितोपत्र बोर्ड
Everest Bank

काठमाडौं। म्युचुअल फण्डले कोटामा पाएको शेयरलाई दुरुपयोग गरेको भन्दै लगानीकर्ताले विरोध गरे सँगै नेपाल धितोपत्र बोर्डले पुनरावलोकन गर्ने भएको छ । बोर्डले उनिहरुले पाउदै आएको आरक्षण शेयरमा लकइन पिरियड तोक्ने या कोटा प्रणाली नै हटाउने भन्ने विषयमा छलफल सुरु गरेको हो ।

Shikhar
NIMB

म्युचुअल फण्डका हरेक गतिविधिले शेयर बजारलाई प्रभावित पार्न थाले पछि बोर्डले उनिहरुलाई संरक्षण गरिदिने भन्दा पनि अन्य लगानीकर्ता सरह छाडिने भन्दै आन्तरिक छलफल अगाडी बढाएको हो । म्युचुअल फण्डले शेयर बजारको विकासका लागि अपेक्षित भूमिका निर्वाह नगरेको बोर्डको निष्कर्ष रहेको छ ।

आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको आरक्षण शेयरलाई दोस्रो बजारमा कारोबार खुलेको भोलिपल्टै म्युचुअल फण्डले बिक्री गरे पछि शेयर बजारका सक्रिय लगानीकर्ताहरुले चर्को विरोध गरेका थिए । शेयर बजारका विश्लेषक नवराज दाहालले म्युचुअल फण्डको गलत प्रवृत्तीलाई लिएर बिएफआइएस न्युज डटकमा आफ्नो धारणा व्यक्त गरेका थिए । उनले आवाज उठाए सँगै सबै लगानीकर्ताले चर्को विरोध गर्दै आएका थिए । अन्तत धितोपत्र बोर्डले यस विषयमा छलफल सुरु गरेको हो ।

आरक्षणमा पाएको शेयर सुरुमै बिक्री गरे पछि म्युचुअल फण्ड प्रति लगानीकर्ताको आक्रोस

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया