Nepal Life

‘यी ५० कम्पनी’ जसले लगानीकर्तालाई एकै वर्षमा बनायो मालामाल, पोर्टफेलियो डबलदेखि ४५ गुणासम्म बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Sat 06:13
‘यी ५० कम्पनी’ जसले लगानीकर्तालाई एकै वर्षमा बनायो मालामाल, पोर्टफेलियो डबलदेखि ४५ गुणासम्म बढ्यो
Sanima Reliance

काठमाडौं ।  विगत एक वर्षको अवधिमा समग्रमा शेयर बजारमा खासै सुधार छैन । तर यहि अवधिमा कतिपय कम्पनीको शेयर मूल्य नेप्से सूचक सर्वाधिक हुँदाको समयको भन्दा माथि पुगेका छन् भने कतिपय कम्पनीको शेयर मूल्य नेप्से सूचक ११ सय हुँदाको भन्दा पनि तल झरेका छन् ।

NIMB

यहाँ केहि यस्ता कम्पनी छन् जसले यस वर्ष लगानीकर्तालाई मालामाल पनि बनाए । ति कम्पनीको शेयरमा खेल्नेहरुले राम्रो पैसा बनाए । साथै जसले लामो समयदेखि होल्ड गरेर बसेका थिए उनिहरुको पोर्टफेलियो हेर्दा हेर्दै दोब्बर भएको छ ।

समाज लघुवित्त

यस वर्ष सबैभन्दा धेरै मालामाल समाज लघुवित्त वित्तीय संस्थाका शेयरधनी भएका छन् । गएको मंसिर ६ गते संस्थाको शेयर मूल्य ६४ रुपैयाँ थियो । त्यस पछि लगातार बढ्दै जाने क्रममा बिहीबारसम्ममा २९६० रुपैयाँसम्म पुगेको छ । यसको शेयर मूल्यमा उछाल आउनु एक मात्रै कारण न्युन चुक्ता पूँजी हो । २ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस संस्था नोक्सानमा छ । साथै लाभांश दिन नसक्ने अवस्थामा छ । तर दोस्रो बजारमा ९८ हजार २५५ कित्ता मात्रै कारोबार योग्य छ । यसरी सप्लाइ कम हुँदा खेलाडीहरुले पैसा कमाउन राम्रो सँग खेलाइरहेका छन् । यसमा लगानी गरेर होल्ड गर्नेले धेरै मूल्य चुकाउनु पर्ने हुँदा चसेत हुनु राम्रो ।

मुक्तिनाथ कृषि कम्पनी

एक वर्षको अवधिमा लगानीकर्तालाई मालामाल बनाउने अर्को कम्पनी हो मुक्तिनाथ कृषि कम्पनी । यसै वर्ष आइपिओ निष्काशन गरेको यस कम्पनीको दोस्रो बजारमा गएको असार २५ गते १९६ रुपैयाँमा कारोबार भएको थियो । अहिले बढ्दा बढ्दै १३३७ रुपैयाँ पुगेको छ । यो कम्पनीको पनि वित्तीय अवस्था सन्तोषजनक छैन । तर दोस्रो बजारमा न्युन सप्लाइका कारण खेलाडीहरुले राम्रो प्ले गरिरहेका छन् । कम्पनीको दोस्रो बजारमा १४ लाख कित्ता मात्रै शेयर कारोबार योग्य छ ।

नेपाल वेयरहाउस

लगानीकर्तालाई मालामाल बनाउने तेस्रो कम्पनी हो नेपाल वेयरहाउस कम्पनी । यो कम्पनीले पनि प्राथमिक शेयर निष्काशन गरेर गएको असोज २९ गतेदेखि दोस्रो बजारमा कारोबार सुरु गरेको थियो । पहिलो कारोबार २२९ रुपैयाँमा भए पनि बढ्दा बढ्दै ९५७ रुपैयाँसम्म पुग्यो अहिले पनि ८९७ रुपैयाँमा करोबार भइरहेको छ । एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य ३१६ प्रतिशतले बढ्यो । यसको पनि दोस्रो बजारमा १३ लाख ७५ हजार कित्ता मात्रै शेयर सप्लाइ छ । जुन कुल चुक्ता पूँजी ६८ करोड ७५ लाखको २० प्रतिशत हो ।

हाथवे इन्भेष्टमेन्ट कम्पनी

प्रति कित्ता ५० रुपैयाँको दरमा आइपिओ निष्काशन गरेर गएको भदौ १३ गतेदेखि दोस्रो बजारमा कारोबार सुरु गरेको हाथवे इन्भेष्टमेन्टले दोस्रो बजारका लगानीकर्तालाई मालामाल बनायो । प्राथमिक बजारमा शेयर पाउनेले मात्रै होइन दोस्रो बजारमा कारोबार गर्नेले पनि राम्रो पोर्टफेलियो बढाउन सफल भए । कम्पनीको शेयर मूल्य २८४ रुपैयाँबाट १०८७ रुपैयाँसम्म पुग्यो । अहिले पनि ९२७ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल फाइनान्स

अहिले शेयरको विषयमा कुरा हुन्छ भने सबैभन्दा पहिला नेपाल फाइनान्सको हुन्छ । पछिल्ला दिनमा सर्वाधिक कारोबार हुने पहिलो नम्बरमा पर्दै आएको यस कम्पनीले धेरै लगानीकर्तालाई राता रात करोडपति बनायो । यतिमात्रै होइन गएको बुलको भन्दा पनि माथिल्लो मूल्य बनाएर दोस्रो बजारलाई नै चकित बनायो । विगत एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य २७७ रुपैयाँबाट १०३३ रुपैयाँसम्म पुग्यो । अहिले पनि ८८३ रुपैयाँमा कारोबार भइरहेको छ । यसको पनि बजार मूल्य बढ्नुको कारण लो क्याप नै हो । ८३ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी भएको यस संस्थाको शेयर दोस्रो बजारमा ३३ लाख ५५ हजार कित्ता मात्रै कारोबार योग्य छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावर

जलविद्युत कम्पनी मध्ये सबैभन्दा धेरै बढ्न सफल र लगानीकर्तालाई राता रात धनी बनाउने अर्को कम्पनी हो कुथेली बुखरी स्मल हाइड्रोपावर । यस कम्पनीको शेयर मूल्य गएको भदौमा ५२६ रुपैयाँ थियो । बढेर १७३० रुपैयाँसम्म पुग्यो । अहिले पनि १४४० रुपैयाँ छ । कम्पनीको चुक्ता पूँजी १२ करोड १८ लाख मात्रै छ । त्यसमा पनि अहिले दोस्रो बजारमा २ करोड ४३ लाख कित्ता मात्रै कारोबार योग्य छ । लकिङ परियड नखुलुन्जेलसम्म कम्पनीको सप्लाइ एकदमै न्युन हुने भएकाले यसमा अझै पनि ठुलो लगानीकर्ताले खेल्ने सम्भावना धेरै छ ।

विगत एक वर्षको अवधिमा थ्रिस्टर हाइड्रोपावरको शेयर मूल्य १७७ प्रतिशत, माण्डु हाइड्रोपावरको १७४ प्रतिशत, गणपति माइक्रोफाइनान्सको १६९ प्रतिशत, बुद्धभुमी नेपालको १६३ प्रतिशत, हिमालयन लघुवित्तको १६३ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको छ । यस सूचकमा ९५ प्रतिशतसम्मले बृद्धि भएका कम्पनीलाई देखाइएको छ । यसरी नेप्से सूचक २ हजारदेखि २२ सयको विचमा चलिरहदा पनि लो क्यापका कम्पनीको शेयर मूल्यमा उछाल देखिएको छ ।

यस क्रममा लगानीकर्ताले सम्बन्धित कम्पनीको वित्तीय अवस्थालाई हेरेका छैनन् । यसरी मूल्यमा उछाल आएका अधिकाम्स कम्पनी नोक्सानमा छन् र अवको कयौ वर्ष लाभांश दिन सक्ने सामार्थ्य राख्दैनन् । तर यि नै कम्पनीमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिने गरेको छ ।

दोस्रो बजारमा २४८ वटा कम्पनी सूचीकृत छन् । जसमा ठुलो चुक्ता पूँजी भएका बैंक वित्तीय संस्था, इन्भेष्टमेन्ट कम्पनीको शेयर बढ्नुको सट्टा उल्लै घटिरहेको छ । यि कम्पनीमा लाखौ लगानीकर्ता छन् । जसको पोर्टफेलियोमा सुधार नभएसम्म बजार बढ्यो भन्ने अनुभती हुन सक्ने अवस्था छैन । तर केहि यस्ता कम्पनी छन् जसका लगानीकर्ताको पोर्टफेलियो ठुलो कम्पनीका करोडौ कित्ता होल्ड गर्नेहरुको भन्दा माथि पुगिसकेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया