NIMB Header 2
Nepal Life

करोड भन्दा माथि शेयर धितोकर्जा लिने लगानीकर्ता बढे, राष्ट्र बैंकको सिमाले ठुला लगानीकर्तालाई पार्यो असर

Muktinath Bank
  • अरुण सापकोटा
  • 2024 Jul 11 09:40
करोड भन्दा माथि शेयर धितोकर्जा लिने लगानीकर्ता बढे, राष्ट्र बैंकको सिमाले ठुला लगानीकर्तालाई पार्यो असर
National Life

काठमाडौं । शेयरधितोमा राखेर लिइने कर्जा १४.२ प्रतिशलते बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा बैंक वित्तीय संस्थाले शेयर धितोमा राखेर मात्रै १० अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंक वित्तीय संस्थाहरुबाट अहिलेसम्म प्रभाव भएको शेयर धितो कर्जा भने ८७ अर्ब ११ करोड छ । 

NIMB

यस्तो कर्जाको सबैभन्दा ठुलो हिस्सा एक करोड भन्दा माथिको कर्जाको छ । एक करोड भन्दा माथिको कर्जा प्रवाह ५३ अर्ब ८४ करोड भन्दा माथि छ । नेपाल राष्ट्र बैंकले शेयर बजारलाई प्रभावित पार्ने उद्देश्यका साथ सुरु गरेको ४/१२ करोडको सिमामामा केहि खुकुलो देखिए पनि अझै १५/२० करोडको सिमा कायमै छ ।

२०७८ भदौ २ मा सेयर बजारले ऐतिहासिक उचाइ लिएको थियो । त्यसदिन नेप्से ३१९९ को विन्दुमा पुगेको थियो । बैंक तथा वित्तीय संस्थाबाट आक्रामक रुपमा प्रवाह भएको सेयर धितो कर्जा र खुकुलो नीतिको कारणले पनि त्यतिवेला शेयर बजारले सर्वाधिक उचाइ बनाएको थियो ।

२०७८ साउन अन्तिममा सेयर धितो कर्जा प्रवाह १ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँसम्म पुगेको थियो। बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर धितोमा लगानी भएको यो नै उच्च रकम थियो। तीन वर्षअघि ऐतिहासिक उचाइ लिएर रेकर्ड कायम गरेको सेयर बजार र सेयर धितो कर्जा त्यसपछि निरन्तर ओरालो लाग्यो।

नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जामा लगाएको सिमाकै कारण दोस्रो बजारमा सुस्तता आएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । अर्थतन्त्रका बाह्य क्षेत्रमा दबाब देखिएपछि नेपाल राष्ट्र बैंकले २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा नीतिगत अंकुश लगाएको थियो ।

राष्ट्र बैंकले त्यो वर्ष व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा लिन नपाउने नीति कार्यान्वयनमा ल्यायो।

४/१२ ले चर्चित यो नीतिले गर्दा गएको असारसम्ममा ७६ अर्ब ५३ रुपैयाँ सीमित भयो। सेयर कर्जामा आएको उच्च गिरावटकै कारण नेप्से १८२६ अंकसम्म तल झर्यो । नेपाल राष्ट्र बैंकले लगाएको अंकुसका कारण शेयर बजारका ठुला ठुला लगानीकर्ताले क्षमता अनुसार शेयर खरिद बिक्री नै गर्न नपाएको उनको विश्लेषण छ । ठुला लगानीकर्ता जसले दिनकै लाखौ करोडौ कित्ताको खरिद बिक्री गर्छन् उनिहरुले नै शेयर खरिद बिक्री गर्न नपाएका कारण बजार बढ्नका लागि हरेक सूचक सकारात्मक हुँदा हुँदै पनि जुन हिसावले बढ्नु पर्ने हो त्यस हिसावले नबढेको उनको भनाइ छ ।

कर्जा प्रवाह बढ्दा त्यसले बजारलाई सकारात्मक दिशामा लैजाने बजार विश्लेषकहरु बताउछन् । जब क्यास फ्लो नै रोकिन्छ त्यसपछि स्वभाविक रुपमा बजारमा असर पार्ने उनिहरु बताउछन् । लगानीकर्ताले सेयर धितो राखेर ऋण लिदा दोस्रो बजारमा पैसा आउँछ । यसले सेयरको माग बढाउँछ र बजार सकारात्मक दिशामा अघि बढ्ने बजार विश्लेषक तारा फुलेल बताउछन् । विगतका बुलमा पनि यस्तै अवस्था रहेको विश्लेषकहरुको अनुभव छ ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विगतको वर्षमा भन्दा केहि खुकुलो पार्ने संकेत देखिदै आएको छ । तर सञ्चार माध्यममा आएको जस्तो खुकुलो नहुने गभर्नर महाप्रसाद अधिकारीले बताउदै आएका छन् । नेपाल राष्ट्र बैंकका सबै नीति खुला किताव जस्तै रहेको र यसरी बन्ने नीति पुर्ण रुपमा तथ्याङ्कमा आधारित हुने भएकाले अहिले केहि सहज अवस्था रहेको उनले बताउदै आएका छन् ।

कर्जाको बृद्धिदरलाई लिएर राष्ट्र बैंक चिन्तित हुँदै गर्दा बैंकहरुका लागि कर्जा जाने प्रमुख ठाउँ शेयर बजार पनि हो । तर यस्तो क्षेत्रमा जति पनि कर्जा जाने विषयमा भने राष्ट्र बैंक धेरै नै सचेत रहेको प्रष्ट देखिन्छ । यसले गर्दा पनि राष्ट्र बैंकले शेयरधितो कर्जामा त्यति धेरै खुकुलो नीति अंगाल्ने अवस्था भने देखिदैन ।

यसैलाई जोडेर गभर्नर अधिकारी र उनि निकट राजनीति दलको नेतृत्वमा सरकार बन्ने अहिलेसम्मको राजनीतिक घटना क्रमले पनि मौद्रिक नीति केहि सहज आउने आकलन गरिएको छ । यदि अर्थमन्त्रीमा विष्णु पौडेल आएमा बजारले राम्रो गति लिने आकलनले पनि पछिल्ला दिनमा दोस्रो बजारमा कर्जा लिएर लगानी गर्ने बढिरहेको छन् । तर उनि अर्थमन्त्री हुने नहुने विषयमा अहिलेसम्म कुनै पनि कुरा बाहिरिएको छैन । यसले गर्दा पनि यसैलाई आधार मानेर लगानी गर्नेहरुले पनि डराउनु पर्ने अवस्था छ ।

राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमार्फत २५ लाखबाट ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरेको छ। मौद्रिक समीक्षाबाट ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिएको छ।

सेयर धितो कर्जाको सीमा बढाइए पनि हटाइएको छैन । राष्ट्र बैंकले १२ करोड सेयर धितो कर्जाको सीमा बढाएर व्यक्तिको हकमा १५ करोड र संस्थाको हकमा २० करोड रुपैयाँ कायम गरेको छ। तर यसलाई लगानीकर्ता र बजारका जानकारहरुले पर्याप्त मानेका छैनन् । शेयर लगानीकर्ताले आफ्नो स्व पूँजी नराखी सबै शेयर बैंकिङ कर्जाबाटै खरिद गर्ने परिपाटीले पनि बजारलाई नराम्रो असर पुर्याएको लगानीकर्ता बताउछन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया