Nepal Life

धितोपत्र बोर्डको अध्यक्ष विवादले सर्वसाधारण लगानीकर्ता आइपिओमा लगानी गर्नबाट बञ्चित, दशक एताकै कम निष्काशन

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Jul Sun 08:32
धितोपत्र बोर्डको अध्यक्ष विवादले सर्वसाधारण लगानीकर्ता आइपिओमा लगानी गर्नबाट बञ्चित, दशक एताकै कम निष्काशन
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादका कारण यस वर्ष सर्वसाधारण लगानीकर्ताहरु आइपिओमा लगानीगर्नबाट बञ्चित भएका छन् । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसक्दा यस वर्ष एक दशककै कम आइपिओ निष्काशन भएको हो ।

NIMB

बोर्डको अध्यक्ष नियुक्ति प्रकृयाँमा हुने ढिलाइकै कारण कयौ कम्पनीले आइपिओको लागि प्रकृयाँ नै रोकेर राखेका छन् । अहिले पनि दोस्रो बजारमा ३५ वटा कम्पनी पाइपलाइनमा छन् । यि कम्पनीहरुले २७ अर्ब ७३ करोडको आइपिओ निष्काशनका लागि बोर्डमा निवेदन दिएका छन् । यसरी निवेदन दिने कम्पनीहरु विगत धेरै लामो समयदेखि पालो कुरेर बसिरहेका छन् ।

बोर्डको अध्यक्ष नियुक्त नहुँदा आइपिओ निष्काशनका आन्तरिक प्रकृयाँ नै रोकिएको बोर्डका एक अधिकारीले जानकारी दिए । कतिपय प्रकृयाँमा अध्यक्षको स्ट्रङ डिसिजन चाहिन्छ । अध्यक्ष नै नहुँदा अन्य कर्मचारीले निर्णय गर्न चाहदैनन् । त्यसमा पनि अहिले आएका अध्यक्षले यस्ता खालका कुनै पनि निर्णय गर्न रुचाउदैनन् ।

सरकारले सह सचिव नरेन्द्र कुमार रानालाई कार्यवहाक अध्यक्षको रुपमा जिम्मेवारी दिए पनि उनले पुर्णकालिन अध्यक्षको जस्तो जिम्मेवारी बहन गरिरहेका छैनन् । रमेश हमाल बाहिरिनु भन्दा एक महिना अगाडीदेखि आइपिओ निष्काशनको अनुमति ठप्प भएको थियो । रानाले सोनापुर मिनरल्स एण्ड आयललाई आइपिओ निष्काशन गर्न अनुमति दिए पनि सर्वसाधारणको चर्को विरोध पछि अहिले स्थगित गरिएको छ । कम्पनीको शेयर मूल्य र विद्यमान वित्तीय विवरणलाई लिएर संसदमै कुरा उठेपछि बोर्डले निष्काशन प्रकृयाँ नै रोक्नु परेको हो । यो घटना पछि त झन् उनि पछाडि हट्ने निश्चित छ ।

अर्को अध्यक्ष आउने विषयमा सर्वोच्चले नयाँ प्रकृयाँ नै अगाडी नबढाउन आदेश दिइसकेको हुँदा अव को बन्ने कुरा नै अनिर्णयको अवस्थामा छ । अव नयाँ सरकार बन्दै छ । अव आउने सरकारले आफु अनुकुलको व्यक्तिलाई अध्यक्ष बनाउन अझै केहि समय लाग्ने निश्चित छ । यस भन्दा पहिला सत्ता समिकरणमै विवाद भए पछि बोर्डको अध्यक्ष नियुक्ति प्रकृयाँ टुङ्गिन सकेको थिएन ।

यस वर्ष जम्मा ८ वटा कम्पनीले मात्रै आइपिओ निष्काशनको अनुमति  पाएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार चालु आर्थिक वर्षमा ८ वटा कम्पनीले १० अर्ब ७५ करोडको आइपिओ निष्काशन गर्न अनुमति पाए पनि ७ वटाले मात्रै ९ अर्ब ८ करोडको आइपिओ निष्काशन गरेका छन् ।

कुनै समय एफपिओबाट आतंकित शेयरधनी अहिले प्रिमियममा शेयर जारी गर्ने कम्पनीबाट आतंङक्त भएका छन् । प्रिमियममा शेयर जारी गर्न एकदमै राम्रो लेखापरीक्षण प्रतिवेदन जारी गर्ने र आइपिओ जारी भए पछि खत्तम वित्तीय विवरण सार्वजनिक गर्ने प्रवृत्तीले शेयरधनी ठगिनु परेको छ ।

धितोपत्र बोर्डले गएको वर्ष बीमा कम्पनीलाई समेत प्रिमियममा शेयर जारी गर्न दिएर सर्वसाधारणलाई भारमा पार्यो । यस्तै सिमेन्ट लगायतका कम्पनीहरुले पनि सर्वसाधारणबाट मोटो रकम असुल गरिरहेका छन् । प्रिमियममा शेयर जारी गर्नेले पनि आकर्षक लाभांश नदिदा शेयरधनी अहिले चिन्तित छन् ।

आइपिओ निष्काशनमा धेरै लामो समय होल्ड भएर पुनः खुल्यो भने पनि शेयरधनीलाई पैसा जोहो गर्न गाह्रो पर्नेछ । जतिवेला आइपिओ बिक्री गर्न कम्पनीहरुलाई धौ धौ पर्नेछ । गएको वर्ष आइपिओ निष्काशनमा आएको बाडीले गर्दा शेयरधनीलाई पैसा जोहो गर्न धौ धौ परेको थियो ।

विगत एक दशककै कम आइपिओ निष्काशन

यस वर्ष एक दशककै कम आइपिओ निष्काशन भएको छ । यस वर्ष ७ वटा कम्पनीले मात्रै आइपिओ निष्काशन गर्ने अवसर पाए । गएको आर्थिक वर्ष २०७९/८० मा ४२ वटा कम्पनीले २२ अर्ब ३७ करोडको आइपिओ निष्काशन गरेका थिए । जुन अहिलेसम्मकै सर्वाधिक धेरै थियो ।

आर्थिक वर्ष २०७८/७९ मा २८ वटा कम्पनीले ७ अर्ब २० करोडको आइपिओ निष्काशन गरेका थिए । त्यस्तै २०७७/७८ मा २२ वटा कम्पनीले १५ अर्ब १८ करोडको आइपिओ निष्काशन गरेका थिए । यस दशककै कम रकमको आइपिओ निष्काशन भने २०७६/७७ मा भएको थियो । जतिवेला ९ कम्पनीले ३ अर्ब ९९ करोडको आइपिओ निष्काशन गरेका थिए ।

आर्थिक वर्ष २०७५/७६ मा ४२ वटाले ७ अर्ब ३४ करोड, २०७४/७५ मा २१ वटाले ८ अर्ब ३० करोड, २०७३/७४ मा २१ वटाले ९ अर्ब ५० करोड, २०७२/७३ मा १७ वटाले ८ अर्ब ५९ करोड, २०७०/७१ मा २० वटाले तीन अर्ब २ करोडको आइपिओ निष्काशन गरेका थिए ।  यसरी एक दशकमा २५६ वटा कम्पनीले आइपिओ तथा एफपिओ मार्फत १० अर्ब ८४ करोड रुपैयाँ संकलन गरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया