Nepal Life

एक दशकमा २५६ कम्पनीले प्राथमिक बजारबाटै जुटाए एक खर्ब ८ अर्बको लगानी, प्रिमियममा आइपिओ निष्काशन गर्दा लगानीकर्तालाई मार

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Sun 10:56
एक दशकमा २५६ कम्पनीले प्राथमिक बजारबाटै जुटाए एक खर्ब ८ अर्बको लगानी, प्रिमियममा आइपिओ निष्काशन गर्दा लगानीकर्तालाई मार
Sanima Reliance

काठमाडौं । हिजो आज जतातत्तै चिया पसलदेखि सबै ठाउँमा शेयर बजारको चर्चा हुन थालेको छ । लगानीको अन्य क्षेत्र खुम्चिरहेको बेलामा शेयर बजारले भने गति लिन खोजिरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रमले लगानीकर्तालाई अझ धेरै हौसाएको छ ।

NIMB

शेयर बजारमा लगानी गर्नका लागि मुख्यतया दुई किसिमका बजार सबैभन्दा धेरै प्रचलनमा  छ । पहिलो ‘प्राथमिक बजार’ र दोस्रो ‘दोस्रो बजार’। दोस्रो बजार भन्दा प्राथमिक बजार तुलनात्मक रुपमा बढि सुरक्षित मानिन्छ । तर पछिल्लो समय प्रिमियममा शेयर जारी गर्ने ट्रेण्डले गर्दा प्राथमिक बजार पनि जोखियुक्त बन्दै गइरहेको छ । तै पनि अधिकाम्स कम्पनीहरुले आधारभुत मूल्यमै शेयर जारी गर्ने भएकाले यस क्षेत्र बढि लाभदायक मानिन्छ । त्यसमा पनि बुक विल्डिङ विधिबाहेकको निष्काशनमा १० कित्ताको लागि आवेदन दिन पाउने भएकाले धेरै रकमको पनि आवश्यक पर्दैन । यसैले गर्दा होला लगानीकर्ताका लागि पूँजी जुटाउन प्राथमिक बजार सबैभन्दा सजिलो माध्यम बनेको छ ।

शेयर बजारलाई अनुत्पादनमुलक क्षेत्र भन्नेहरुका लागि प्राथमिक बजार हेरे पुग्छ । विगत एक दशकमा प्राथमिक बजारबाटै २५६ वटा कम्पनीले एक खर्ब ८ अर्ब रुपैयाँ लगानी जुटेको छ । यो रकम पक्कै पनि सानोतिनो रकम होइन । यहि पूँजीबाट कम्पनीहरुले आफ्नो शेयर संरचना पुरा गर्छन् भने कतिपयले लगानीमा प्रयोग गर्छन् । जलविद्युत कम्पनीमा गरिएको लगानी पुर्ण रुपमा आयोजना निर्माणमा खर्च हुने भएकाले यो भनेदा उत्पादनमुलक अरु कुनै हुनै सक्दैन ।

यसका साथै अन्य उत्पादन तथा प्रशोधनमुलक कम्पनीहरुले पनि आइपिओ निष्काशन गरेर आयोजनामा खर्च गर्छन् । बीमा कम्पनी तथा बैंक वित्तीय संस्थाले उठाएको रकम पनि चुक्ता पूँजीमा गणना हुने भएकाले यसले सम्बन्धित बीमा कम्पनी तथा बैंक वित्तीय संस्थाले जोखिम बहन क्षमता बढाउन सक्छन् । जुन आफैमा उत्पादनमुलक छ ।

विगत एक दशकको अवधिमा चालु आर्थिक वर्ष प्राथमिक बजारका लागि सबैभन्दा खल्लो वर्ष रह्यो । कुनै समयमा लगानीकर्तालाई लगानी जुटाउनै धौ धौ पर्थ्यो । तर यस वर्ष नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादका कारण लामो समयदेखि प्रकृयाँ ठप्प भयो ।

चालु आर्थिक वर्षमा जम्मा ७ वटा कम्पनीले मात्रै आइपिओ निष्काशन गरे । ८ वटाले अनुमति पाए पनि सोनापुर मिनरल्सको विषयमा चर्को विरोध भए पछि धितोपत्र बोर्डले स्थगन गरेको छ । तर गएको वर्ष अहिलेसम्मकै सर्वाधिक धेरै आइपिओ निष्काशन भयो ।  

कुनै समय एफपिओबाट आतंकित शेयरधनी अहिले प्रिमियममा शेयर जारी गर्ने कम्पनीबाट आतंङक्त भएका छन् । प्रिमियममा शेयर जारी गर्दा एकदमै राम्रो लेखापरीक्षण प्रतिवेदन जारी गर्ने र आइपिओ जारी भए पछि खत्तम वित्तीय विवरण सार्वजनिक गर्ने प्रवृत्तीले शेयरधनी ठगिनु परेको छ ।

धितोपत्र बोर्डले गएको वर्ष बीमा कम्पनीलाई समेत प्रिमियममा शेयर जारी गर्न दिएर सर्वसाधारणलाई भारमा पार्यो । यस्तै सिमेन्ट लगायतका कम्पनीहरुले पनि सर्वसाधारणबाट मोटो रकम असुल गरिरहेका छन् । प्रिमियममा शेयर जारी गर्नेले पनि आकर्षक लाभांश नदिदा शेयरधनी अहिले चिन्तित छन् ।

विगत एक दशककै कम आइपिओ निष्काशन

यस वर्ष एक दशककै कम आइपिओ निष्काशन भएको छ । यस वर्ष ७ वटा कम्पनीले मात्रै आइपिओ निष्काशन गर्ने अवसर पाए । गएको आर्थिक वर्ष २०७९/८० मा ४२ वटा कम्पनीले २२ अर्ब ३७ करोडको आइपिओ निष्काशन गरेका थिए । जुन अहिलेसम्मकै सर्वाधिक धेरै थियो ।

आर्थिक वर्ष २०७८/७९ मा २८ वटा कम्पनीले ७ अर्ब २० करोडको आइपिओ निष्काशन गरेका थिए । त्यस्तै २०७७/७८ मा २२ वटा कम्पनीले १५ अर्ब १८ करोडको आइपिओ निष्काशन गरेका थिए । यस दशककै कम रकमको आइपिओ निष्काशन भने २०७६/७७ मा भएको थियो । जतिवेला ९ कम्पनीले ३ अर्ब ९९ करोडको आइपिओ निष्काशन गरेका थिए ।

आर्थिक वर्ष २०७५/७६ मा ४२ वटाले ७ अर्ब ३४ करोड, २०७४/७५ मा २१ वटाले ८ अर्ब ३० करोड, २०७३/७४ मा २१ वटाले ९ अर्ब ५० करोड, २०७२/७३ मा १७ वटाले ८ अर्ब ५९ करोड, २०७०/७१ मा २० वटाले तीन अर्ब २ करोडको आइपिओ निष्काशन गरेका थिए ।  यसरी एक दशकमा २५६ वटा कम्पनीले आइपिओ तथा एफपिओ मार्फत १० अर्ब ८४ करोड रुपैयाँ संकलन गरेका छन् ।

     

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया