Nepal Life

बुलिस अर्थमन्त्रीको रुपमा परिचित विष्णु पौडेलको तेस्रो इनिङ, पहिलाको क्रेजलाई निरन्तरता दिने सम्भावना कति ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Mon 11:00
बुलिस अर्थमन्त्रीको रुपमा परिचित विष्णु पौडेलको तेस्रो इनिङ, पहिलाको क्रेजलाई निरन्तरता दिने सम्भावना कति ?
Sanima Reliance

काठमाडौं । बुलिस अर्थमन्त्रीको रुपमा चिरपरित विष्णु प्रसाद पौडेल आज दोस्रो पटक अर्थमन्त्री बन्दै छन् । यस भन्दा अगाडी पनि केपि शर्मा वलीको नेतृत्वमा गठित सरकारको ढुकुटी सम्हालिसकेका पौडेलले आज सथप ग्रहण गर्दै छन् । 

NIMB

 उनि २०७२ असोजदेखि २०७३ साउनसम्म केपी शर्मा ओलीको सरकारमै पहिलो पटक अर्थमन्त्री भएका थिए । २०७३ साउन १२ गते नेप्से सूचक अधिकतम १८८१ अंकसम्म कायम हुँदा पौढेल नै अर्थमन्त्री थिए । पौडेल २०७३ साउन १९ गतेसम्म अर्थमन्त्री थिए । उनि अर्थमन्त्रीबाट हटे सँगै शेयर बजार लगातार ओरालो झर्यो । यस सूचकबाट शेयर बजार तल झर्ने क्रममा ११०१ अंकसम्म झर्यो ।

पौडेल दोस्रो पटक अर्थमन्त्री हुँदा पनि शेयर बजारले अर्को बुल निर्माण गरेको थियो । पौडेल केपि शर्मा ओलीकै मन्त्रिपरिषदमा २०७८ जेठ २१ गतेदेखि उप-प्रधानमन्त्री थिए । यसै क्रममा उनि २०७७ असोज २८ गतेदेखि २०७८ असार २८ गतेसम्म अर्थमन्त्री भएका थिए । पौडेल यस्तो समयमा अर्थमन्त्री बनेका थिए जतिवेला शेयर बजार विरोधी अर्थमन्त्रीको छवी बनाएका युवराज खतिवडाको चरम विरोध भइरहेको थियो । 

खतिवडा अर्थमन्त्री हुँदा बजारमा चरम तरलता अभाव थियो । बैंक व्याजदर धेरै माथि थियो । भुकम्प पछिको पुनः निर्माणका क्रममा बैंक वित्तीय संस्थाले क्षमता भन्दा धेरै कर्जा प्रवाह गरेका थिए । अर्को तर्फ बैंक वित्तीय संस्था र बीमा कम्पनीको पूँजी बृद्धि योजनाले कम्पनीहरु धेरै नै फुलेका थिए । यसले गर्दा बजार बढ्न सकिरहेको थिएन । अर्को तर्फ तत्कालिन समयमा शेयर बजार १८८२ अंकको अधिकतम विन्दु छोएर ११ सयसम्म तल झर्यो । लगानीकर्ताहरुले आत्महत्या समेत गर्नु पर्यो ।  

तर खतिवडाले अर्तन्त्रका कतिपय सूचकलाई मजबुद बनाउने राम्रै चेष्टा गरे । केहि हदसम्म आधार निर्माण पनि भयो । तर त्यसले नतिजा दिन नसक्दा खतिवडा अलोकप्रिय बने । 

यतिकैमा केपि शर्मा ओलीले मन्त्रिहरुको हेरफेर गर्दै खतिवडालाई हटाएर विष्णु पौडेललाई अर्थमन्त्री बनाइदिए । खतिवडा हटेर पौडेल अर्थमन्त्री हुने चर्चा सँगै शेयर बजारमा उछाल आयो । बजारमा एका एक सुधार आउनुका साथै कोभिड १९ अर्थतन्त्र ठप्प बन्यो । सरकारले लकडाउन गर्दा बजारको सबै पैसा शेयर बजारमा आयो । बैंकहरुले व्याजदर पनि ह्वात्तै घटाए । त्यसमा पनि विष्णु प्रसाद पौडेलका छोराको आफ्नो ब्रोकर कम्पनी रहेको र उनि कहिल्यै पनि बजार प्रति नकारात्मक नहुने लगानीकर्ता बताउछन् । 

पौडेल २०७८ असार २८ गतेसम्म अर्थमन्त्री भएर बाहिरिए । नयाँ अर्थमन्त्रीका रुपमा जनार्दन शर्मा आए । सरकारबाट एमाले बाहिरियो । उनि बाहिरिए पछि २०७८ भदौ २ गतेसम्म बजार बढ्यो । जतिवेला शेयर बजारले ३२ सयको अधिकतम विन्दु कायम गर्यो । जसको सम्पुर्ण जस पौडेलले नै पाए ।

एमाले सरकारबाट बाहिरियो । एमाले निकट गभर्नर महाप्रसाद अधिकारीले शेयर बजार घटाउने रणनीति सहित शेयर धितोकर्जामा ४/१२ करोडको सिमा तोकिदिए । त्यस पछि शेयर बजारमा ठुलो पहिरो गयो । बजार लगातार घट्न थाल्यो । बजार घट्दै गर्दा अर्थतन्त्रमा पनि ठुलो समस्या देखिन सुरु भइसकेको थियो । बजारमा व्याजदर महंगो भयो । यस अगाडीको सरकारले जग्गामा कित्ता गर्न प्रतिवन्ध लगायो । 

विस्तारै घरजग्गा कारोबारमा सुस्ता आउन थाल्यो । क्रमिक रुपमा घरजग्गा व्यवसायी डुब्न थाले । सहकारीबाट घरजग्गामा लगानी गर्नेहरुले बजारबाट पैसा उठाउन सकेनन् । त्यस पछि सहकारी पनि ढल्न थाले । यसरी अर्थतन्त्रको ग्रास रुटमै ठुलो समस्या देखिए पनि त्यसको असर राष्ट्रिय अर्थतन्त्रमै देखिएको बजार विश्लेषक निरञ्जन टिवरेवालको विश्लेषण छ । 

अर्को तर्फ कोभिडको असर अर्थतन्त्रमा देखिन थाल्यो । अर्थतन्त्रको चक्र टुट्यो । व्यवसायीहरु समस्यामा पर्न थाले । यसको प्रभाव शेयर बजारमा पनि देखियो । अर्थतन्त्रमा समस्या देखिन थाले सँगै बैंकमा कर्जाको माग हुनै छाड्यो । भएको कर्जा समेत तिर्न नसक्ने अवस्थाका व्यवसायीले नयाँ कर्जा लिने अवस्था हुन सक्ने कुरै भएन । 

यसले गर्दा यस अगाडीका तीन अर्थमन्त्री शेयर बजारका दृष्टिकोणमा असफल जत्तीकै देखिए । तिर भाग्यमानी पौडेल अर्थमन्त्रीमा आउदै गर्दा अर्थतन्त्रका धेरै नराम्रा पक्षमा सुधार आइरहेको छ । अव केवल लगानीकर्तामा कन्फिडेन्स चाहिएको छ । पौडेलको विगतको ट्र्याकले गर्दा यस पटक पनि उनको कार्यकाल सफल हुने देखिएको छ । 

उनि आउने चर्चा सँगै उद्योगी व्यवसायीमा खुसियाली छाइसकेको छ । दोस्रो बजारले उनको आगामनलाई रियाक्ट देखाइसकेको छ । चरम आर्थिक संकटबाट सुधारको लयमा फर्किन थालेकाले पनि पौडेल सहज अवस्थामा अर्थमन्त्री बनेका छन् । अव उनले अर्थतन्त्रमा खासै ठुलो नीतिगत परिवर्तन गरेर जानु पर्ने अवस्था छैन । व्यवसायीको कन्फिडेन्स मात्रै बढाउन सके भने अर्थतन्त्रले केहि न केहि गति लिने पक्का छ ।  

यस पटक अर्थमन्त्रीका रुपमा वर्षमान पुनले असहज अवस्थाको अर्थतन्त्रलाई देखाएर केहि पनि गर्न परेन । खासै भन्दा पुनले गर्न सक्ने धेरै ठाउँ पनि थिएन । तर पौडेलले आगामी एक वर्षमा टिकेर काम गर्ने हो भने गर्ने ठाउँ धेरै सिर्जना हुनेछ । जसले उनको राजनीतिक करिअरलाई पनि थप मजबुद बनाउने देखिन्छ । यस पटकको बुलले पक्कै पनि शेयर बजारको क्षेत्रमा विष्णु पौडेल नामै काफि हुनेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया