Nepal Life

घोराही सिमेन्टमा आइपिओ खरिदकर्ताको पेनिक सेल, अधिकाम्सले पहिलो दिनमै गरे नाफा बुक

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 12:58
घोराही सिमेन्टमा आइपिओ खरिदकर्ताको पेनिक सेल, अधिकाम्सले पहिलो दिनमै गरे नाफा बुक
Sanima Reliance

काठमाडौं । घोराही सिमेन्टको आइपिओ खरिद कर्ताले पहिलो दुई घण्टाको कारोबारमै २ लाख ८० हजार कित्ता भन्दा धेरै शेयर बिक्री गरेका छन् । कम्पनीको पहिलो कारोबार ५६५.५० रुपैयाँमा भएको थियो । यसरी पहिलो कारोबारमै प्रतिकित्ता १३५ रुपैयाँ नाफा देखिए पछि आत्तीएर लगानीकर्ताले बिक्री गरेका हुन् । अहिलेसम्ममा १४ करोड ७४ लाख रुपैयाँको खरिद बिक्री भएको छ । 

NIMB

आज म्युचुअल फण्डहरुले भने खासै शेयर बिक्री गरेका छैनन् । अधिकाम्स शेयर १०/२० कित्ताको खरिद बिक्री भएका छन् । कम्पनीले गत बैशाख १९ गतेदेखि आइपिओ निष्काशन गरेको थियो । प्रतिशेयर १०० रुपैयाँमा थप ३३५ रुपैयाँ प्रिमियम थप गरि शेयर बिक्री गरेको थियो ।

कम्पनीको शेयर सुरुवाति दिनदेखिनै विवादित बनेको थियो । यहि कारणले सुरुमा शेयर बिक्री हुन गाह्रो पर्ने अनुमान गरिएको थियो । तर कम्पनीको शेयर अनुमान गरिएको भन्दा विपरित राम्रो सँग बिक्री भयो । कम्पनीको वित्तीय अवस्था राम्रो नभएकाले पनि लगानीकर्ताले विरोध गरेका हुन् । अर्को तर्फ महंगो प्रिमियम भयो भन्दै विवाद भयो । पहिलो कारोबार ५६५ रुपैयाँमा भए पनि अधिक सप्लाइ हुँदा ३७ रुपैयाँले घटिसकेको छ ।   

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया