Nepal Life

शेयर धितो कर्जाको अफर सँगै लगानीकर्ताको सक्रियता बढ्यो, होटल र बीमामा उछाल आउदा बैंकिङको साथ

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 15:09
शेयर धितो कर्जाको अफर सँगै लगानीकर्ताको सक्रियता बढ्यो, होटल र बीमामा उछाल आउदा बैंकिङको साथ
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंक तथा वित्तीय संस्थाले शेयरधितोकर्जाको अफर गरे सँगै दोस्रो बजारमा लगानीकर्ताको सक्रियता बढेको छ । एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा लगायत अधिकाम्स बाणिज्य बैंकहरुले लगानीकर्ताहरुलाई शेयर धितोकर्जाका लागि आह्वान गर्न थालेका छन् ।

NIMB

बैंकहरुले १२ प्रतिशत व्याजदरमा शेयर धितो कर्जाकालागि अफर गरिरहेका छन् । बैंकहरुका लागि यो अफ सिजन हो । साउन भदौमा खासै कर्जाको माग हुँदैन । यस अवधिमा बैंकहरुले लगानीकर्ताहरुलाई आधार व्याजदर हाराहारिमै कर्जा दिने गर्छन् । यस्तो कर्जामा खासै ठुलो जोखिम हुँदैन । यदि बजार घट्यो भने तत्काल मार्जिन कल गर्न थाल्छन् । तर बजार बढिरह्यो भने बैंकहरुलाई धेरै टाउको दुखाउनु पर्दैन । यसले गर्दा पनि बैंकहरु यस अवधिमा शेयरधितोकर्जाको मार्केटिङ गरिरहेका छन् ।

यहि कारणले साताको पहिलो दिन आज १४.८१ अंकले शेयर बजारमा सुधार देखियो । आजको सुधारमा सबैभन्दा धेरै होटल र निर्जीवन बीमा कम्पनीको शेयरमा उछाल आएको छ । होटलको सूचक १०७ अंकले बढ्दा निर्जीवन बीमाको सूचक २४१ अंकले बढेको छ । जसमा बाणिज्य बैंकको सपोर्ट सबैभन्दा महत्वपुर्ण रह्यो । बाणिज्य बैंकको सूचक १३ अंकले बढ्दा नेप्से १४.८१ अंकले बढ्न सफल भयो । आज ११७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा १०० वटा कम्पनीको शेयर मूल्यमा सुधार देखियो । कुल तीन अर्ब एक करोडको कारोबार हुँदा सबैभन्दा धेरै नेपाल इन्स्योरेन्सको संस्थापक शेयरको हिस्सा ५४ करोड थियो । यसले गर्दा पनि कारोबार रकममा सुधार देखिएको हो । आजै दोस्रो बजारमा सूचिकृत भएको घोराही सिमेन्टको शेयर मूल्यमा नकारात्मक सिर्किट लाग्यो भने २३ करोड १५ लाखको खरिद बिक्री भयो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया