Nepal Life

घोराहीको पहिलो कारोबारमै सर्वाधिक शेयर खरिद गर्ने यी हुन् १० ब्रोकर कम्पनी

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 17:29
घोराहीको पहिलो कारोबारमै सर्वाधिक शेयर खरिद गर्ने यी हुन् १० ब्रोकर कम्पनी
Sanima Reliance

काठमाडौं । घोराही सिमेन्टको पहिलो कारोबार दिनमै सर्वाधिक धेरै कारोबार भएको छ । आज दोस्रो बजारमा घोराही एक्लैको २३ करोड १५ लाख कित्ता शेयर खरिद बिक्री भयो । पहिलो कारोबार ५६५ रुपैयाँमा भए पनि सर्वसाधारण लगानीकर्ताको पेनिक सेलका कारण कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागे ५०९ रुपैयाँमा झर्यो ।

NIMB

आज कुल ४ लाख ४६ हजार कित्ता शेयर कारोबार हुँदा सर्वाधिक धेरै ५२ नम्बरको सुनधारा सेक्युरिटिजले मात्रै १४.१२ प्रतिशत उठाएको छ । सुनधाराले आज ६३ हजार ९१ कित्ता शेयर उठाएको हो । त्यस्तै यस ब्रोकरबाट ९ हजार ६४३ कित्ता मात्रै बिक्री भएको छ ।

आगामी दिनमा घोराही सिमेन्टको शेयरको मूल्य खेलाडी सुनधारा सेक्युरिटिज हुने निश्चित छ । त्यस्तै दोस्रो धेरै शेयर उठाउनेमा ब्रोकर नम्बर ४५ ले ४१ हजार ४६३ कित्ता, ब्रोकर नम्बर ५० ले ३१ हजार ८७२ कित्ता, ४७ नम्बरले २३ हजार १९९ कित्ता शेयर उठाएका छन् ।

आज सबैभन्दा धेरै शेयर बिक्री गर्नेमा ब्रोकर नम्बर ३३ रहेको छ । यस ब्रोकरले मात्रै घोराही सिमेन्टको ४० हजार ३२३ कित्ता बिक्री गरेको हो । दोस्रो धेरै बिक्री गर्नेमा ब्रोकर नम्बर १७ ले ३३ हजार ४८२ कित्ता, ब्रोकर नम्बर ४९ ले २७ हजार ५२६ कित्ता शेयर बिक्रि गरेको छ ।

अधिकाम्स शेयर १०/२० कित्ताको खरिद बिक्री भएका छन् । कम्पनीले गत बैशाख १९ गतेदेखि आइपिओ निष्काशन गरेको थियो । प्रतिशेयर १०० रुपैयाँमा थप ३३५ रुपैयाँ प्रिमियम थप गरि शेयर बिक्री गरेको थियो ।

कम्पनीको शेयर सुरुवाति दिनदेखिनै विवादित बन्यो । यहि कारणले सुरुमा शेयर बिक्री हुन गाह्रो पर्ने अनुमान गरिएको थियो । तर कम्पनीको शेयर अनुमान गरिएको भन्दा विपरित राम्रो सँग बिक्री भयो । कम्पनीको वित्तीय अवस्था राम्रो नभएकाले पनि लगानीकर्ताले विरोध गरेका हुन् । अर्को तर्फ महंगो प्रिमियम भयो भन्दै विवाद भयो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया