Sanima Reliance

यि २२ कम्पनीले निष्काशन गर्दै छन् हकप्रद शेयर, कुन कम्पनीको कति ?

RBB
  • BFIS News
  • 2024 Jul Thu 05:04
यि २२ कम्पनीले निष्काशन गर्दै छन् हकप्रद शेयर, कुन कम्पनीको कति ?
Nepal Life

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा २२ वटा कम्पनीले १९ अर्ब ४० करोड रुपैयाँको हकप्रद शेयर निष्कानका लागि आवेदन दिएका छन् । गएका वर्षमा नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणले हकप्रद शेयर निष्काशनमा रोक लगाउदा हकप्रद शेयरको माहोल थिएन । यस पटक भने बीमा कम्पनीहरु र केहि जलविद्युत कम्पनीहरुमा हकप्रद शेयर निष्काशन गर्दै छन् ।

पाइपलाइनमा रहेका २२ कम्पनी मध्ये ८ वटा बीमा कम्पनीहरु छन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीम कम्पनीका लागि साढे २ अर्ब रुपैयाँ न्युनतम चुक्ता पूँजी कायम गरेको छ । त्यस्तै पुनर्बीमा कम्पनीको हकमा भने २० अर्ब रुपैयाँ रहेको छ । मर्जर तथा बोनस शेयर मार्फत पूँजी जुटाउन २ वर्षको म्याद दिएको नेपाल बीमा प्राधिकरणले पछिल्ला दिनमा भने हकप्रद शेयर निष्काशनको अनुमति दिदै आएको छ । अहिले भने मर्जरका लागि दवाव दिन छाडेको छ ।

बीमा कम्पनी

बीमा कम्पनी मध्ये एनएलजी, प्रभु महालक्ष्मी, नेको, एशियन लाइफ, प्रभु इन्स्योरेन्स, सन नेपाल लाइफ, नेपाल इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनले हकप्रद शेयर निष्काशनको लागि बोर्डमा निवेदन दिएका छन् । एनएलजीले ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५३ करोड छ । कम्पनीले ९६ करोड ३१ लाख रुपैयाँ हकप्रद मार्फत उठाउदैछ । १०० कित्ता बराबर ६६ कित्ता भर्न पाउने भएकाले पनि दोस्रो बजारमा कम्पनीको शेयर मूल्य बढिरहेको छ ।

त्यस्तै बीमा कम्पनी तर्फ प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद निष्काशन गरेर ५ अर्ब जुटाउदैछ । नेकोले पनि २५ प्रतिशत हकप्रद निष्काशन गरेर साढे २ अर्ब पुर्याउदैछ । बीमा प्राधिकरणको निरन्तरको दवावलाई अटेरि गर्दै आएको एशियन लाइफले अन्नत ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गरेर पूँजी जुटाउने भएको छ । प्रभु इन्स्योरेन्स कम्पनीले पनि ५० प्रतिशत हकप्रद शेयर जारी गर्दैछ ।

प्रिमियममा शेयर जारी गरेको सन नेपालले समेत २७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ । प्रिमियमबाट आर्जन भएको रकमलाई जगेडा कोषमा राख्दै हकप्रद शेयर मार्फत पूँजी जुटाउने निर्णय गरेको हो ।

नेपाल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर जारी गर्दैछ । लाइफ इन्स्योरेन्स कर्पोरेसनले पनि ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्दैछ । कम्पनीले भारतबाट माउ कम्पनीको हकप्रद शेयर ल्याइसकेको छ ।

हाइड्रोपावर

हाइड्रोपावरमा पनि हकप्रद शेयरको बाढी लागेको छ । अधिकाम्स जलविद्युत कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशनको माग गर्दै बोर्डमा निवेदन दिएका छन् । दोस्रो बजारमा शेयर मूल्य बढाउने रणनीतिका साथ अधिकाम्सले हकप्रद शेयर निष्काशन गर्दै छन् । संस्थापक शेयर पनि सहजै कारोबार हुने भएकाले कयौ जलविद्युत कम्पनीका उत्पादकहरु हकप्रद शेयर घोषणा गर्दै दोस्रो बजारमा भाउ बढाएर बिक्री गरेर भाग्ने क्रम पनि बढेको छ ।

बरुण हाइड्रोपावर, खानी खोला हाइड्रोपावर, तेह्रथुप हाइड्रोपावर, बलेफी हाइड्रोपावर, बाराही हाइड्रोपावर, दोर्दी खोला, रिभर फल, राप्ती हाइड्रो, शिवश्री, छ्याङ्दी र दादी हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर जारी गर्दै छन् । हकप्रद शेयर जारी गरेर कर्जा भुक्तानी गर्ने गलत ट्रेण्ड अहिले हाइड्रोपावर सेक्टरमा छ । यदि हकप्रद शेयरबाट उठाएको पैसा अर्को जलविद्युत कम्पनीमा लगानी जुटाउने हो भने राम्रो हुन्थ्यो तर कमजोर नियामकको फाइदा उठाउदै जलविद्युत उत्पादकले राम्रो लाभ उठाइरहेका छन् ।

शेयर गर्नुहोस

Connect Ips

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया