Nepal Life

११३ अंकले बढ्यो नेप्से, बैंकिङमा लगानीकर्ताको आकर्षण

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Sun 15:33
११३ अंकले बढ्यो नेप्से, बैंकिङमा लगानीकर्ताको आकर्षण
Sanima Reliance

काठमाडौं । मौद्रिक नीति आएपछिको पहिलो कारोबारमा नेप्से ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा आइपुगेको छ। यो २०७८ फागुन ११ यताकै उच्च विन्दु हो।

आज नेप्से परिसूचकमा दुईपटक सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत विन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको हो । 

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा गरेको फुकुवा सँगै बजारमा सकारात्मक सर्किट लागेको हो।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रूपैयाँको कारोबार भएकोमा आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ६८ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१८ वटा धितोपत्रको चार करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर किनबेच भएको हो। आइतबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ वटाको घटेको छ। यस्तै, आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन १२ वाणिज्य बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

गणपति लघुवित्तको मूल्य सर्वाधिक ९.३५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य एक हजार ८९० रूपैयाँ कायम भएको छ। यस्तै, लक्ष्मी लघुवित्तको मूल्य ४.६० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ३४९ रूपैयाँ कायम भएको छ।।

आइतबार कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य २१२ रूपैयाँ ४० पैसामा ३६ करोड १० लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ९.९९ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआइसी एसिया बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५५२ रूपैयाँमा ३४ करोड ८१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ९.८९ प्रतिशतले बढेको छ भने दोस्रोमा लगानी समूहको परिसूचक ५.७५ प्रतिशतले बढेको छ।

लघुवित्त समूहको परिसूचक ०.१८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया