NIMB Header 2
Nepal Life

नेप्सेमा 'करेक्सन', २०.४६ अंकले घटेको बजारमा १९ अर्ब ६० करोडबढीको कारोबार

Muktinath Bank
  • BFIS News
  • 2024 Jul 29 15:33
नेप्सेमा 'करेक्सन', २०.४६ अंकले घटेको बजारमा १९ अर्ब ६० करोडबढीको कारोबार
National Life

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन भएको छ। अघिल्लो कारोबार दिन ११३ अंकले बढेको नेप्सेमा आज करेक्सन भएको हो।

NIMB

आज नेप्से परिसूचक २०.४६ अंक घटेर २६६१.०९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९१ अंक घटेको छ।

तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो। कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक २७३५ अंकसम्म पुगेको थियो। त्यसपछि उतारचढावका क्रममा दुई पटक २७०० अंक नाघे पनि अन्तिममा घटेर रोकिएको हो।

बजार घटेपनि कारोबार रकम भने उच्च भएको छ। आज १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम ३५ महिनायताकै उच्च हो ।

आइतबार १५ अर्ब ८१ करोड रूपैयाँको कारोबारको सेयर कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ७९ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३२५ वटा धितोपत्रको चार करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर किनबेच भएको हो।

सोमबार ७० कम्पनीको सेयर मूल्य बढेको छ १६८ वटाको घटेको छ। यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन नेपाल फाइनान्सको सेयर सर्वाधिक ९.७७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६२९ रूपैयाँ कायम भएको छ। यस्तै, मन्दाकिनी हाइड्रोपावरको मूल्य ८.५८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८१० रूपैयाँ कायम भएको छ।

आरम्भ चौतारी लघुवित्तको मूल्य सर्वाधिक ८.३५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य एक हजार २४७ रूपैयाँ कायम भएको छ। यस्तै, बोटलर्स नेपाल बालाजुको मूल्य ७.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १९ हजार रूपैयाँ कायम भएको छ।।

सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ६१६ रूपैयाँमा ६१ करोड १२ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.४१ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा कुमारी बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २२२ रूपैयाँमा ५५ करोड २२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र जलविद्युत समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले बढेको छ भने लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.७१ प्रतिशतले घटेको छ।

 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया