Nepal Life

हिमालयन डिष्ट्रिलरीका अधिकाम्स सूचकमा गिरावट, मुनाफा ३७ प्रतिशतले घट्दा प्रतिशेयर आम्दानी २२ रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 05:51
हिमालयन डिष्ट्रिलरीका अधिकाम्स सूचकमा गिरावट, मुनाफा ३७ प्रतिशतले घट्दा प्रतिशेयर आम्दानी २२ रुपैयाँ
Sanima Reliance

काठमाडौं । दोस्रो बजारका लगानीकर्ताको सर्वाधिक आकर्षणमा रहेको हिमालयन डिष्ट्रिलरीको वित्तीय विवरण एकदमै कमजोर प्रकाशन भएको छ । कम्पनीका अधिकाम्स सूचकमा गिरावट आएको हो । चुक्ता पूँजी ६० प्रतिशतले बढ्दा अन्य सूचकमा उल्लेख्य असर पुर्याएको देखिन्छ ।

कम्पनीले गएका केहि वर्षदेखि बम्पर लाभांश दिदै लगानीकर्ताको ध्यान आकर्षण गर्दै आएको थियो । यस वर्ष भने कम्पनीको मुनाफा ३७ प्रतिशतले घटेर ६६ करोड एक लाख रुपैयाँमा सिमित भएको छ । जवकी गएको वर्ष कम्पनीको मुनाफा एक अर्ब ४० करोड थियो ।

खुद सञ्चालन आम्दानी पनि २५ प्रतिशलते घटेर ६ अर्ब ३८ करोडमा सिमित भएको छ । जवकी गत वर्ष ८ अर्ब ५६ करोड आम्दानी गरेको थियो । आम्दानीमा गिरावट सँगै मुनाफा र प्रतिशेयर आम्दानीमा भारि गिरावट आएको छ । प्रतिशेयर आम्दानी २२ रुपैयाँले घटेर २१ रुपैयाँमा झरेको छ ।

चुक्ता पूँजी २ अर्ब ४२ करोड रहेको छ भने जगेडा कोषमा ९२ करोड ३३ लाख रुपैयाँ मात्रै छ । यस वर्ष कम्पनीले मुस्किलले अधिकतम २० प्रतिशत न्युनतम १० प्रतिशत हाराहारी लाभांश बाढ्न सक्ने देखिन्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया