Nepal Life

३५.५५ अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

NMB Bank
  • BFIS News
  • 2024 Jul 30 15:38
३५.५५ अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट
National Life

काठमाडौं । मंगलबार नेप्से ३५.५५ अंकले बढेको छ। नेप्से १.३३ प्रतिशतले बढेर २६९६.६५ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार १९ अर्ब ६० करोड रूपैयाँको कारोबार भएकोमा आज १७ अर्ब २६ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ३४ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३२९ वटा धितोपत्रको चार करोड तीन लाख ७१ हजार ७७८ कित्ता सेयर किनबेच भएको हो। मंगलबार १८९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४७ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

एसियन हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७९२ रूपैयाँ कायम भएको छ।

यस्तै, गणपति लघुवित्तको मूल्य ६.११ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ८९१ रूपैयाँ कायम भएको छ।

मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ६९५ रूपैयाँ ३० पैसामा ६० करोड १० लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.६७ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६३० रूपैयाँ ४० पैसामा ३७ करोड ६७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन होटल्स तथा पर्यटन र वित्त समूहको परिसूचक सर्वाधिक क्रमशः ५.९९ र ५.९८ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया