Nepal Life

बजार बढेको समयमा कसरी कमाउने र नाफा सुरक्षित गर्ने ? संयमित लगानीकर्ताले बुझ्नै पर्ने कुराहरु  

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Fri 07:51
बजार बढेको समयमा कसरी कमाउने र नाफा सुरक्षित गर्ने ? संयमित लगानीकर्ताले बुझ्नै पर्ने कुराहरु  
Sanima Reliance

काठमाडौं । शेयर बजारले बुलिस ट्रेण्ड पक्रिसकेको छ । साढे दुई वर्ष लगातार तल झरेर उकालो लाग्न सुरु गरेको शेयर बजारमा पछिल्लो ९ महिनाको अवधिमा ९३० अंक भन्दा धेरैले सुधार भइसकेको छ । यस अवधिमा बजारमा कतिपय लगानीकर्ताले राम्रै पैसा कमाइसकेका छन् ।

जव जव बजार बढ्छ तव तव लगानीकर्ताको आकर्षण बढ्छ । हल्लाको भरमा तथा नबुझिकन बजारमा प्रवेश गर्ने लगानीकर्ता बत्तीको पुतली झै फस्ने बेला पनि यहि हो । हरेक बुलमा साना तिना लगानीकर्ताहरु नराम्रो सँग फस्ने गरेका छन् । जसले बिक्री गरेर बाहिन सक्यो उसैले बजारबाट कमाउछ । जसले किने पछि बिक्री गरेर बाहिरिन जान्दैन उसले ठुलो नोक्सानी बेहोर्नु पर्छ ।

अहिले हरेकको घर या चोक र चिया पसलमा प्राय सेयर बजारकै कुरा हुने गरेको छ । अपरिपक्व र नयाँ लगानीकर्ता जो अरुको लहै लहै, साथी भाईको सल्लाह, सामाजिक सञ्जालमा आउने विभिन्न नामधारिका सुझाबका साथै अरुले कमाए र म चाही छुटे भन्ने सोचको कारणले गर्दा बजारमा छिर्ने गर्छन् ।

तर, तिनले बजार को प्रवृत्ति, गहिराई र यसको मनोविज्ञान थाहा पाउन सक्दैनन् सेयर बजारमा लगानी गर्नुको मुख्य उद्देस्य भनेको पैसा कमाउनु नै हो तर के सबैले पैसा कमाउछन त ? अहँ यो सेयर बजारमा पैसा कमाउने केहि ले मात्र हो बाँकीले जानकारीको अभाव या अपूर्ण जानकारीको कारण पैसा गुमाएको देखिन्छ ।

हो एउटा भनाई के रहेको छ भने बुल मार्केटमा त एक गधाले पनि पैसा कमाउछ तर बियर मार्केट मा १० प्रतिशतले मात्र कमाएर बाँकीले गुमाएका हुन्छन् । हरेक व्यावसााय गर्न केहि निपुर्णता, कौशलता चाहिन्छ । सेयर बजार पनि एक व्यावसाय नै हो र नियम भन्दा यो माथि छैन । यसमा हिसाब र विश्लेषणलाई नै प्रमुख आधार मानिन्छ ।

मुख्य कुरा त के हो भने जसको विश्लेषण क्षमता कम छ या जो विश्लेषण गर्न जान्दैनन् तिनका लागि यो सेयर बजार उपयुक्त हुँदै हैन । सेयर बजारमा लगानी गर्नको लागि उचित सेयर छनौट गर्नु भनेको वर्षदेखि लगानी गरिरहेका लागि पनि एक कठिन कार्य हो । यसमा हाम्रो उद्देश्य, लगानीको समयावधि, लगानीकर्ताको जोखिम मोल लिन सक्ने क्षमता लगायत कुराले असर गर्दछ ।

त्यसैले सेयर बजारमा लगानी गर्नु भन्दा पहिले नै नयाँ लगानीकर्ताले त धेरै कुरामा ध्यान दिन जरुरी छ । लगानीकर्ताले सेयर कारोबार गर्नुभन्दा पहिले नै धेरै कुरामा प्रस्ट भएर मात्र सेयर बजारमा लाग्नु उपयुक्त हुन्छ ।

लगानीकर्ताले बुझ्नै पर्ने कुराहरु

१) पहिले आफ्नो आर्थिक अवस्था र क्षमता अनुसारको आफ्नो लगानीयोग्य पुंजी के कती छ यो बारे प्रस्ट हुनु पर्दछ । लगानी गरिसके पछी छोरा छोरीको पढाइ खर्च, घर खर्च या भईपरि आउने आपतकालीन केही अन्य खर्चको लागि भोलि अरुसंग हात फैलाउनु पर्ने त हैन ? यो पहिले नै विचार गर्नु पर्दछ ।

२) आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता पनि पहिले नै निर्धारण गर्नु पर्दछ । कतिसम्म नोक्सानी हुँदा आफु लाई मानसिक, पारिवारिक र आर्थिक रुपमा ज्यादा फरक पर्दैन भन्ने एक सिमा निर्धारण गरे भोलि आउन सक्ने कुनै पनि तरिकाको समस्या बारे पहिले नै मानसिक रुपमा तयार भएर बस्न सहयोग मिल्ने छ ।

३) आफ्नो लगानीको उद्देश्य बारे प्रस्ट हुनु पर्ने । लगानी गर्ने उद्देश्य सबैको बेग्ला बेग्लै हुन सक्दछ । स्थिर आम्दानी गर्ने, जोखिम लिएर नाफा आर्जन गर्ने, जोखिम कम लिएर नाफा आर्जन गर्ने अथवा छोटो समयको लागि लगानी गर्ने हो या लामो समयको लागि लगानी गर्ने हो । यी कुरालाई विचार गरि आफ्नो उद्देश्यबारे पहिले नै आफु प्रस्ट हुनु पर्दछ ।

४) लगानी गर्न मिल्ने पुँजी र आफ्नो उद्देश्यका साथ जोखिम बहन गर्न सक्ने सिमाको बारेमा प्रष्ट भएपछि आफ्नो पुँजीले पुग्ने र उद्देश्य पुरा हुने खालको सेयरको वर्गिकरण गर्नु पर्दछ । जस्तै जोखिम लिएर बढी नाफा खोज्ने हो भने मूल्यमा उतार चढाब आइरहने सेयर खरिद गर्न सकिन्छ, जोखिम कम लिएर नाफा खोज्ने हो भने सरकारी धितोपत्र खरिद गर्न सकिन्छ ।

५) आफ्नो उद्देश्य र पुँजी अनुसार कुन तरिकाले र कसरी लगानी गर्ने भन्ने निर्णय गरि सकेपछि आफ्नो सहुलियत बमोजिमको उपयुक्त हुने कम्पनी कुन हो त ? त्यो निक्योल गर्नका लागी कम्पनी छनौट गर्न निम्न ५ तरीकाले विश्लेषण गर्दा सहयोग मिल्दछ ।

- देश तथा विश्व को राजनैतिक, आर्थिक विश्लेषणः देश तथा विश्वको राजनैतिक अवस्था आर्थिक अवस्था र यसबाट सेयर बजारमा पर्न सक्ने असरको विश्लेषण गर्ने । जस्तै एक देशले अर्के देश माथि आक्रमण त गरि रहेको छैन किनकी त्यसको प्रत्यक्ष या परोक्ष असर हामीलाई पनि पर्दछ । विश्व का अरु ठाउं का सेयर बजारमा के भईरहेको छ । सेयर बजारमा मात्रै होइन अर्थतन्त्रमा पनि उताचढाव आउछ । विश्व परिवेशमा हेर्ने हो भने हरेक ८ वर्षमा आर्थिक मन्दी देखिने गरेको छ । तर नेपालमा अलि छिटो छिटो मन्दीको साइकल देखा पर्ने गरेको छ । यसबाट पनि शेयर बजारमा असर परिरहेको हुन्छ । तर अर्थतन्त्रमा कुनै कुरा देखिनु भन्दा पहिला नै सेयर बजारले रियाक्ट गर्ने भएकाले यसमा संयमता पुर्याउनु पर्छ ।

- कम्पनिको आन्तरिक विश्लेषणः कम्पनीको प्रति सेयर आय, मूल्य आम्दानी अनुपात, बुक भ्यालु, कम्पनीको आम्दानी, नाफा, खर्चको स्थिति, जगेडा कोषहरु, बिगत समयमा बाड्दै आएको लाभांश आदिको विश्लेषण गर्ने । यसबाट भोलि मन्दीको अवस्थामा पनि उक्त कम्पनीले लाभ आर्जन गर्न सक्छ की सक्दैन भन्ने कुरा बुझ्न मद्दत मिल्दछ ।

- कम्पनीको बाहय विश्लेषणः आम लगानीकर्ताको उक्त कम्पनी प्रतिको धारणा बुझी कम्पनीको ट्रेन्ड कस्तो प्रकारको रहेको छ । कम्पनीको सेयरको मूल्यमा कस्तो खालको उतार चढाव भईरहेको छ । मूल्य बढ्ने या घट्ने दर कस्तो छ आदि कुराको विश्लेषण गर्ने ।

- कम्पनी तथा व्यवस्थापन समिति बारे विश्लेषणः कुनै पनि कम्पनीमा लगानी गर्नु पहिले कम्पनीले के को तथा कसरी कारोबार गर्दछ, काम कै आधारमा कम्पनीको ग्रोथ भईरहेको छ की अन्य कारणले भईरहेको छ, सुचना चुहावट कतिको हुने गरेको छ, कम्पनि का प्रबन्ध निर्देशक, संचालक तथा कम्पनीका कर्मचारीमा भएको इमान्दारिता, कार्यदक्षता आदिको विश्लेषण गर्ने ।

कुनै पनि सूचना प्रकाशित हुनु अगावै कम्पनीको कोहि न कोहि आधिकारिक व्यक्तिले सूचना चुहाए पछि बजारमा पहिले नै हुने हलचलले यो जानकारी दिन्छ । अहिले हाम्रो देशमा नियामक निकाय आफैं विभिन्न विकृतिमा लिप्त भएको देखिएको हुँदा हामी जस्तो साधारण लगानी कर्ताले नै मुख्य रुपमा यसमा ध्यान दिई सजग हुँदै आवाज उठाउनु पर्ने देखिन्छ ।

- टेक्निकल विश्लेषणः बजारको मनोविज्ञान र बजार कता जादैछ भन्ने कुरा बुझ्न यो टेक्निकल विश्लेषण प्रयोग गरिन्छ । टेक्निकल विश्लेषण मा बिशेष गरी सेयरको मूल्य र कारोबार भएको संख्यालाई एक चार्टमा प्रस्तुत गरेर आगामी समयमा बजार के हुन सक्छ, त्यसको अनुमान लगाइन्छ ।

चार्टबाट अहिले बजारमा भईरहेको उतार चढाव आदि हेर्न यसले मद्दत गर्दछ । यसको मुख्य सिद्धान्त भनेको मांग ज्यादा भए मूल्य बढ्ने र आपूर्ति ज्यादा भए मूल्य घट्ने रहेको छ । यसले हामीलाई बजारमा खरिद र बिक्रि गर्ने सहि ठाउंको निक्यौल गर्न सहयोग गर्दछ। टेक्निकल विश्लेषण गर्नका लागि बोलिंगर बेन्ड, एमएसीडी, आरएसआई आदि जस्ता विभिन्न इन्डिकेटर प्रयोग गरिन्छ।

यसरी विश्लेषण गर्दा ध्यान दिनु पर्ने मुख्य कुराहरु

क) बिगत ५ वर्षदेखि कति प्रतिफल दिएको छ ।

ख) प्रत्येक बर्ष उचित दरले लाभांश बाँडीरहेको छ की छैन ।

ग) उक्त कम्पनीको कमाइ निरन्तर बढी रहेको छ की अस्थिर र घाटामा गएको छ ।

घ) कम्पनीले तिर्नु पर्ने ऋणको अवस्था के छ ।

ङ) पुंजी कट्टीका लागी बोनस सेयरलाई प्राथमिकता दिने गरेको छ की हकप्रदलाई, किन कि प्राय नराम्रो बित्तिय अवस्था भएको कम्पनीले मात्र हकप्रद सेयर सर्वसाधारणका लागी निस्कासन गर्दछ ।

च) माथि उल्लेखित अन्य कुराबाट उचित सेयर छानी सके पछि टेक्निकल विश्लेषणद्वारा बजारको मनोभाव के छ । ट्रेन्ड के रहेको छ । चार्ट ले के दर्शाई रहेको छ आदि बिचार गरि कहाँ प्रवेस गर्ने र कहाँ निस्कने यो निक्यौल गर्ने ।

यसरी विश्लेषण गरिसकेपछी आफ्नो उद्देश्य बमोजिमको कम्पनी छनोट गरि लगानी गर्दा उपयुक्त हुन्छ । सेयर बजारमा सधै एउटै फर्मुला लागु हुँदैन । एक पटक एउटा टेक्निकबाट पैसा कमाउदैमा अर्को पटक त्यहि टेक्निकले काम गर्दैन । यसले गर्दा बजारलाई राम्रो सँग बुझेर मात्रै टेक्निक प्रयोग गर्नु पर्छ । तर बजारमा कतिपय यस्ता टेक्निक छन् जसलाई पछ्याउदा लगानीकर्ताले राम्रो पैसा कमाउछन् । छिट्टै कमाउने दाउमा बजारमा नाम चलिसकेका र बढिसकेका कम्पनीको सेयर किनेर पछुताउने लगानीकर्ताको पनि कमि छैन । पछिल्लो समय बजारमा प्राविधिक विश्लेषणले पनि राम्रो काम गरिरहेको छ । तर फण्डामेन्टल कारणहरु हाबी हुँदै गर्दा टेक्निकल कारणले काम गर्दैन । यस पटकको बुल सरकार परिवर्तन पछि भयो । जव नेकपा एमालेको नेतृत्वमा विष्णु प्रसाद पौडेल अर्थमन्त्री बन्ने कुरा आयो त्यस पछि बजार बढ्न सुरु गरेको थियो । प्रधानमन्त्री केपि शर्मा ओलीले पनि बजार सुधारलाई लिएर आफ्नो सफलताको सूचकका रुपमा प्रचार गरे सँगै बजारले थप स्थान पाएको हो । तर यसका पछाडि धेरै अन्य आर्थिक कारण छन् जसले बजारलाई सपोर्ट गरेको छ ।

अहिले जुन गतिमा बजार बढिरहेको छ भोलि घट्दा पनि यहि गतिमा घट्न सक्ने सम्भावना उच्च रहन्छ । यसले गर्दा बजारमा मैले यति कमाए उति कमाए भनेर मख्ख पर्ने लगानीकर्ताले पनि बिक्री गर्न जानेनन् भने भोलि त्यहि लगानीकर्ताले यति गुमाए भन्दै आक्रोश पोख्ने दिन आउछ । त्यसैले हौसिएर खरिद मात्रै गर्ने भन्दा पनि नाफा बुक गर्दै जान सक्नु पर्छ । बढेको समयमा राम्रो पैसा कमाइ हुने भएकाले प्रारम्भिक लगानीकलाई पहिला उठाएर सुरक्षित राख्ने र कमाएको पैसालाई बजारमा प्रयोग गरेर धेरै कमाउन खोज्ने हो भने भोलिका दिनमा पेकिन हुनु पर्दैन । शेयर बजारको एउटा सुन्दर विशेषता भनेको भ्यालु घटे पनि कित्ता घट्दैन । यसले गर्दा प्रारम्भिक लगानीलाई सुरक्षित गरि पोर्टफेलियो बढाउनु नै बुद्धिमता हुन्छ ।

अवका दिनमा बजारले नयाँ नयाँ रेकर्ड बनाउदै जानेछ । लगानीकर्ताले सधै बुझ्नु पर्ने कुरा बजार बढे पछि घट्छ र घटेपछि बढ्छ । बढेको समयमा बिक्री गर्ने र घटेको समयमा खरिद गर्दा मात्रै राम्रो फाइदा हुन्छ । जस्तो एक वर्ष अगाडी शेयर बजारमा प्रवेश गर्नेले राम्रो पैसा कमाए । अव बढ्दै गर्दा एउटा लेभलमा बजार पुग्छ । त्यतिवेला बिक्री गरेर सुरक्षित बस्यो भने हातमा पैसा पर्छ । अनि बजार घटेको समय कुरेर बस्दा पनि एक तहको कमाइ हुन्छ । यो समय भने अल्पकालिन लगानी गर्ने हो । किन्ने नाफा भए पछि बिक्री गर्ने धेरै घट्छ जस्तो लाग्यो भने स्टप लस गर्ने ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया