Nepal Life

बैंकबाट होटल हाइड्रोमा सिफ्ट भए लगानीकर्ता, सेक्टरल परिवर्तनले बुलट्यापलाई सपोर्ट

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Mon 15:12
बैंकबाट होटल हाइड्रोमा सिफ्ट भए लगानीकर्ता, सेक्टरल परिवर्तनले बुलट्यापलाई सपोर्ट
Sanima Reliance

काठमाडौं । लगातार बुलिस ट्रेण्डमा रहेको शेयर बजारमा लगानीकर्ताले बैंक वित्तीय संस्थाबाट अन्य क्षेत्रमा आफ्नो लगानीलाई सिफ्ट गरेका छन् । अधिकाम्स बैंक वित्तीय संस्थाको खराव वित्तीय प्रस्तुति सँगै लगानीकर्ताले बैंक वित्तीय संस्थाबाट पुनः हाइड्रोपावर, होटल, बीमा, इन्भेष्टमेन्ट, व्यापार लगायतका सूचकमा लगानी बढाएका छन् । 

शेयर बजारमा लगानीकर्ताको प्रवेश बढिरहेको छ । साना साना बचत पनि बजारमा आउन थालेको छ । साथ साथै ठुला ठुला लगानीकर्ताले आफ्नो क्षमता अनुसार लगानी गरिरहेका छन् । साथै मध्यम वर्गका ट्रेडरले बैंकबाट कर्जा लिएर लगानी बढाइरहेका छन् । अहिलेको अवस्थासम्ममा सबै सूचक तथा उपसूचकमा राम्रो सुधार देखिएको छ । शेयर बजार अघिल्लो बुलको अधिकतम विन्दुलाई भेट्न अव ४०० सय अंक मात्रै बाकी छ । अहिलेसम्म ९५० अंक भन्दा माथिले सुधार भइसकेको छ । 

बजार बुलिस हुन र सुधार भएको देखिन कम्तिमा पनि ३२ सय क्रस हुनु पर्ने बजार विश्लेषक नवराज दाहाल बताउछन् । बजार ३२ सय अंक पुग्दा पनि लगानीकर्ताको पोर्टफेलियोमा हिजोको पुनरावृत्ती हुने अवस्था छैन । तर बजार १८ सय हुँदा प्रवेश गर्नेले भने राम्रो पैसा कमाएका छन् । यस्तो संख्या भने निकै कम मात्रै रहेको छ । 

आज बाणिज्य बैंक, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधनमुलक कम्पनी र म्युचुअल फण्डको सूचक घटेको छ । लगानीकर्ताले सिफ्ट परिवर्तन गरिरहेका छन् । यसरी सिफ्ट परिवर्तन हुँदा बजारमा प्रवेश गर्नेले भने राम्रो अवसर पाइरहेका छन् । पछिल्लो समय शेयर बजारमा भन्दा पनि सूचकमा करेक्सन आउने गरेको छ । आज पनि नेप्से सूचक ४०.७६ अंकले बढ्यो । 

कारोबार खुलेको केहि समय सुधार हुन खोजे पनि तत्काल घट्यो । आज बजारमा तिव्र उतारचढाव देखियो । यस अवधिमा लगानीकर्ताले सेक्टर नै परिवर्तन गरेका छन् । एउटा सेक्टरको शेयर बिक्री गरेर अर्को सेक्टरको शेयर उठाउदै लगानीलाई समायोजन गर्न समेत भ्याएका छन् । यसले गर्दा विगतको जस्तै २१ अर्ब ८६ करोडको कारोबार भएको छ । १६३ वटा कम्पनीमा सुधार देखिदा ७८ वटाको घटेको छ । आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

के हो बुल ट्रयाप?

बुल ट्रयाप ठूला लगानीकर्ताहरुले धितोपत्र बजारमा गरिने एक चलखेल हो जहाँ पहिला अन्य लगानीकर्ताहरुलाई कुनै सूचक अथवा कम्पनीको शेयरमूल्य बढ्छ भन्ने विश्वस्त हुनेगरी बढाइन्छ र केही समयपछि त्यसलाई पुनः पहिले कै अवस्था अथवा त्यो भन्दा तल्लो स्तरमा पु¥याइन्छ। विशेषगरी अल्पकालीन लगानीकर्ता या भनौँ ट्रेडरहरु आफुले नाफा कमाउने उद्देश्यसहित कृतिम ‘खरिद संकेत’ सिर्जना गरी दीर्घकालीन, नयाँ तथा साना लगानीकर्ताहरुलाई जालमा फसाउन यस्तो जाल विछ्याउँछन्। यस्तो ट्रयापमा जाल बिछ्याउने आफै पर्ने सम्भावना पनि रहन्छ।

बुल ट्रयाप हो भन्ने थाहा नपाई सो ट्रयापमा फासेका लगानीकर्ताहरु धेरै नोक्सानी व्यहोरी बाहिरिन बाध्य हुन्छन्। यस्तो ट्रयापले तब सफलता पाउँछ जब खरिदकर्ताहरुले वृद्धिलाई समर्थन गर्न सक्दैनन्। लगानीकर्ताहरु कुनै सूचक अथवा कम्पनीको शेयरमूल्य बढ्नु जायज छ कि छैन भन्ने कुरामा सचेत भए यस्ता ट्रयापबाट बच्न सक्छन्। यसका लागि लगानीकर्ताहरुले विभिन्न प्राविधिक विश्लेषणका विभिन्न उपकरणे मद्दत लिन सक्छन्।

जस्तै, कुनै पनि सूचक अथवा कम्पनीको शेयरमूल्य वृद्धिलाई त्यसको भोल्युम र बुलिश मैनबत्तीहरुले साथ दिइरहेको छ कि छैन भनेर हेर्न सकिन्छ। यदि त्यो वृद्धिमा भोल्युम र अन्योलपूर्ण मैनबत्ती जस्तै डोजी स्टार देखिएको छ भने त्यो बुल ट्रयाप हुन सक्छ।

भोल्युम र अन्य उपकरणहरुले साथ नदिएको खण्डमा सक्दो चाँडो शेयर बिक्री गरी बजारबाट बाहिरिँदा बुल ट्रयापमा फस्नबाट बच्न सकिन्छ। यस्तो अवस्थामा स्पट लसले पनि सहयोग गर्न सक्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया