Nepal Life

नेप्सेमा पहिरो : एकैदिन १४५.०५ अंकले घट्दा कारोबार रकम भने हालसम्मकै उच्च

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Tue 15:52
नेप्सेमा पहिरो :  एकैदिन १४५.०५ अंकले घट्दा कारोबार रकम भने हालसम्मकै उच्च
Sanima Reliance

काठमाडौं । मंगलबार सेयर बजारमा ठूलो गिरावट आएको छ। आज एकैदिन १४५.०५ अंकले घटेको हो।

सोमबार संसदमा सांसद अमरेश सिंहसहित केही सांसदले सेयर बजारमा अस्वभाविक वृद्धि भइरहेको टिप्पणी गरेपछि यसको प्रभाव सेयर बजारमा पनि परेको छ।

आज हालसम्मकै उच्च कारोबार भएको छ। आज २३ अर्ब ७१ करोड बराबरको सेयर कारोबार भएको छ। यसअघि गत बुधबार उच्च कारोबार भएको थियो। सो दिन २१ अर्ब ९१ करोड रूपैयाँको कारोबार भएको थियो।

आज ३२२ वटा धितोपत्रको पाँच करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर किनबेच भएको हो।

आज आठ कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ वटाको घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ।लउक्त कम्पनीको प्रतिकित्ता मूल्य ७५४ रूपैयाँ ७० पैसा कायम भएको छ।

आज सात कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले घटेको छ। नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माइ हाइड्रपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, शुभम पावर र हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य १० प्रतिशतका दरले घटेको छ।

मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ८४९ रूपैयाँमा १ अर्ब ३९ करोडको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशत बढेको हो।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। आज वित्त समूहको परिसूचक सर्वाधिक ८.२७ प्रतिशतले घटेको छ भने दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक ८.०३ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया