Nepal Life

शेयर बजार प्रति संसदले दिएको अभिव्यक्तिलाई लिएर लगानीकर्ताको घोर आपत्ती, नोक्सानीको भरपाइ गर्न माग

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 12:24
शेयर बजार प्रति संसदले दिएको अभिव्यक्तिलाई लिएर लगानीकर्ताको घोर आपत्ती,  नोक्सानीको भरपाइ गर्न माग
Sanima Reliance

काठमाडौं । लगानीकर्ताका संघ संघठनले संसदमा केहि सांसदहरुले दिएको अभिव्यक्तिलाई लिएर चर्को विरोध गरेका छन् । पुँजी बजारमा संलग्न विभिन्न संस्थाहरूको तर्फबाट जनरल इन्भेष्टर एसोसिएसनका अध्यक्ष दिप कार्की, नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र नेपाल धितोपत्र लगानीकर्ता संघ साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जि.सीले संयुक्त रुपमा प्रवेश विज्ञप्ती जारी गर्दै आपत्ती व्यक्त गरेका छन् । 

NIMB

दुई ठूला राजनीतिक दल र अन्य दलहरु समेत मिलेर सरकार गठन पश्चात आम लगानीकर्ताहरूमा एउटा आशा पलाएको भन्दै उनिहरुले नीतिगत स्थितरताको आभार भइरहेको अवस्थामा सरकारमा नै समावेश भएको दलका संसदले पूँजी बजारको विषयमा गलत बोल्नु जायज नभएको उनिहरुको भनाइ छ ।  

आर्थिक क्षेत्र चलायमान बनाउनको लागि नेपाल सरकार र राष्ट्र बैंकले सकारात्मक कदम चालेसँगै पुँजीबजार आफ्नो लयमा चलिरहेको उनिहरुको भनाई छ । उनिहरुले भनेका छन् 'शेयर बजार ३२०० को बिन्दुबाट १८०० को बिन्दुसम्म आइपुग्दा लगानीकर्ताले २५ खर्बभन्दा बढी रुपैयाँ गुमाइसकेको अवस्थामा कुनै पनि नियामक निकायबाट वा सांसदहरुबाट पुँजीबजार विषयमा कुनै पनि आवाज उठेन, लगानीकर्ता तड्पीरहे । अहिले बजार केही करेक्सनको अवस्थामा चलिरहेको छ ।' 

प्रकाश शरण महत, अमरेशकुमार सिंह, राजन दाहाल लगायत अन्य सांसदहरूबाट समेत बजार आफ्नै लयमा चलिरहेको अवस्थामा सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक भएको उनिहरुले जनाएका छन् । 

पुँजी बजार लगानीकर्ताहरूको माग र आपूर्तिको कारणले चल्ने बजार हो । देशमा लगानीको वातावरण फराकिलो हुँदै जाँदा पूँजी बजार पनि बिस्तारै बढ्दै जान्छ र लगानीकर्ताले आफूले चाहेको कम्पनीमा लगानी गर्न पाउँछन्। कम्पनी कति सुरक्षित छ छैन भन्ने कुरा लगानीकर्ता स्वयंले निर्धारण गर्ने कुरा हो । जनताकै प्रतिनिधित्व गर्ने सांसदले सदनमा जुन खालका अभिव्यक्ति दिएका छन् उक्त अभिव्यक्तिहरू तत्काल फिर्ता गर्न र अब आइन्दा यस्ता खालका अभिव्यक्तिहरु नियमक निकाय, सांसद जोसुकैले दिए पनि सहय नहुने भन्दै उनिहरुले चेतावनी दिएका छन् । 

यदि बजारमा चलखेल भएको भए यसलाई नियमन गर्ने संस्थाले स्वतन्त्र रुपमा सुक्ष्म अध्यायन गरी छानविन गरोस्, हामी साथ दिन तयार छौं । पुँजी बजारको सम्बन्धमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट जथाभावी अभिव्यक्ति दिने कार्य तत्काल बन्द गरियोस्। नियमक निकायले यस्ता अभिव्यक्ति दिने व्यक्तिहरू माथि छानबिन गरी कारबाही गर्न र अभिव्यक्तिबाट दुई खर्बभन्दा बढी क्षति हुन गएकोले सो क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराउन समेत माग गरेका छन्।

साथै यस्ता अभिव्यक्ति दिने सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको विरुद्धमा एकजुट हुन र आवश्यक परे सशक्त प्रतिकार गर्नको लागि आम लगानीकर्ताहरूलाई समेत आह्वान गरेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार