Nepal Life

सर्वोत्तम सिमेन्टको 'लक-इन' अवधि भदौ २५ मा सकिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Thu 08:39
सर्वोत्तम सिमेन्टको 'लक-इन' अवधि भदौ २५ मा सकिने
Sanima Reliance

काठमाडौं । सर्वोत्तम सिमेन्टको लक-इन अवधि भदौ २५ गते सकिने भएको छ। कम्पनीको संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषहरू (म्युचुअल फण्ड) को स्वामित्वमा रहेको सेयरको लक-इन अवधि सकिन लागेको हो।

NIMB

कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्न छुट्टाएको सेयरमध्येको सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने १ लाख ५४ हजार २२७ कित्ता सेयर र योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको २४ लाख कित्ता गरी कुल २५ लाख ५४ हजार २२७ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो।

सर्वोतम सिमेन्टले जारी पूँजी ४ अर्ब ६५ करोडको १२.९० प्रतिशतले हुन आउने कूल ६० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख किता योग्य संस्थागत लगानीकर्तालाई र सर्वसाधारणलाई छुट्याइएको सेयर मध्येको ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार २२७ किता सेयर सामूहिक लगानी कोषहरूलाई वितरण गरेको थियो ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार