Nepal Life

पिपुल्स इनर्जीले आइपिओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

NMB Bank
  • BFIS News
  • 2024 Aug 08 12:49
पिपुल्स इनर्जीले आइपिओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति
National Life

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले आइपिओ जारी गर्ने भएको छ। यसका लागि उसले नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ।

Shikhar
NIMB

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपिओ निष्काशन गर्न सेबोनसँग अनुमति मागेको हो ।

कम्पनीले रामेछापको खिम्ती खोलामा ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीको २०८१ सालभित्र उक्त आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ।

आइपिओ निष्काशन प्रयोजनका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल र नागरिक लगानी कोषलाई सेयर प्रत्याभूतिकर्तामा नियुक्तसमेत गरिसकिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया