Nepal Life

प्रधानमन्त्रीले नेप्से सूचक ३२ सय कटेपछि केक काट्ने चर्चाले हौसिए लगानीकर्ता, अहिलेसम्मकै सर्वाधिक कारोबार

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Sun 15:16
प्रधानमन्त्रीले  नेप्से सूचक ३२ सय कटेपछि केक काट्ने चर्चाले हौसिए लगानीकर्ता, अहिलेसम्मकै सर्वाधिक कारोबार
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले नेप्से सूचक यस भन्दा अगाडीको सर्वाधिक धेरै ३२ नाघे पछि लगानीकर्ता सँगै बसेर केक काट्ने चर्चाले आज शेयर बजारमा उछाल आएको छ । आजै नेप्से सूचक ९४ अंक अर्थात ३.४१ प्रतिशतले सुधार भएको छ । 

वर्तमान सरकार आए सँगै शेयर बजारमा ८ सय अंक भन्दा धेरैले सुधार भएको छ । नेप्से सूचक २८६०.९१ अंक पुग्दा लगानीकर्ताले आफ्नो पोर्टफेलियो पनि क्रमिक रुपमा बढाउदै लगेका छन् । आज शेयर बजारमा अहिलेसम्मकै सर्वाधिक धेरै २५ अर्ब ७७ करोडको कारोबार भएको छ । सूचक सँगै कारोबार रकमले साथ दिदा लगानीकर्ताह हौसिएका छन् । 

बजारमा साना ठुला सबै किसिमका लगानीकर्ताको सक्रियता बढेको छ । अझै पनि बैंक वित्तीय संस्थाको शेयर मूल्यमा सुधार आउन बाँकी रहेकाले लगानीकर्तामा बजार अझै बढ्न बाँकी रहेको बुझाइ छ । 

झण्डै १२ वटा कम्पनीको शेयर मूल्यमा सर्वाधिक सुधार हुँदा सकारात्मक सर्किट लागेको छ । त्यस्तै २२५ वटा कम्पनीको शेयर मूल्यमा सुधार आएको छ । 

अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेलको चर्चा सँगै बढ्न थालेको शेयर बजारमा केपि शर्मा ओलीले थप टेवा पुर्याएका छन् । बजारमा चर्चा पाउन उनले शेयर बजारलाई सपोर्ट गर्ने गरि अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री तथा अर्थमन्त्री नै शेयर बजार प्रति सकारात्मक देखिए पछि बजारमा लगानीकर्ताको आगमन बढेको छ । 

बैंकिङ तरलता बढ्दो क्रममा छ । व्याजदर घट्दो क्रममा छ । यसले गर्दा बैंकमा पैसा राख्नु भन्दा बजारमा प्रवेश गर्दा बढि फाइदा पुग्ने देखे पछि लगानीकर्ताले बजारमा लगानी गर्न थालेका हुन् । अहिले देश विदेशबाट लगानीकर्ताले कारोबार गरिरहेका छन् । अनलाइन प्रणालीबाट खरिद बिक्री आदेश दिन सकिने भएकाले पनि बजारमा कारोबार रकम बढेको हो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया