Nepal Life

सगरमाथा लुम्बिनीको मुनाफा ४५ करोड ८२ लाख, अधिकाम्स सूचकमा उत्साहजनक बृद्धि

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 05:30
सगरमाथा लुम्बिनीको मुनाफा ४५ करोड ८२ लाख, अधिकाम्स सूचकमा उत्साहजनक बृद्धि
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी  ‘सलिको’ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा ४५ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २२ प्रतिशतले मुनाफा बढाएको हो ।

कम्पनीले साविक लुम्बिनी सँग मर्जर गरे सँगै वित्तीय सूचकहरुमा उत्साहजनिक सुधार देखिएको हो । चुक्ता पूँजी ९६ प्रतिशतले बढेर २ अर्ब ६२ करोड कायम भएको छ । त्यस्तै जगेडा कोषमा ११६ प्रतिशतले बढेर ९१ करोड ३२ लाख जम्मा भएको छ । बीमा कोषमा २ अर्ब २८ करोड रुपैयाँ जम्मा भएको छ ।  

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १० प्रतिशतले बढेर तीन अर्ब ४१ करोड आर्जन भएको छ त्यस्तै खुद बीमा शुल्क आर्जन १४ प्रतिशतले बढेर एक अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको छ । यस वर्ष हेलिकप्टर दुर्घटनाको दाबीले गर्दा दाबी भुक्तानी रकम १३ प्रतिशतले बढेर एक अर्ब ११ करवड पुगेको छ । कम्पनीको पुनर्बीमा कमिशन आय भने १० प्रतिशतले घटेर ४० करोडमा सिमित भएको छ ।

प्रतिशयर आम्दानी २९ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ छ । कर्मचारीहरुका लागि यस वर्ष मुनाफाबाट  ७ करोड २७ लाख रुपैयाँको बोनस व्यवस्था गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया