Nepal Life

नेको इन्स्योरेन्सको मुनाफा सर्वाधिक धेरै ५५ करोड ३१ लाख, कुल बीमा शुल्क आर्जन २ अर्ब ९२ करोड

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 05:59
नेको इन्स्योरेन्सको मुनाफा सर्वाधिक धेरै ५५ करोड ३१ लाख, कुल बीमा शुल्क आर्जन २ अर्ब ९२ करोड
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा कम्पनीहरु मध्येकै सर्वाधिक धेरै मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा ५५ करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो ।

अन्य निर्जीवन बीमा कम्पनीहरुले सगरमाथाको ४५ करोड ८२ लाख, शिखरको ४० करोड ३१ लाख रुपैयाँ मात्रै छ । नेकोले अन्य कम्पनीको तुलनामा सर्वाधिक मुनाफा आर्जन गर्ने गरेको छ ।

कम्पनीले समिक्षा अवधिमा २.४० प्रतिशतले कुल बीमा शुल्क आर्जनमा सुधार गर्दै २ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै खुद बीमा शुल्क आर्जन भने ४.०३ प्रतिशतले घटेर एक अर्ब ६५ करोड आर्जन गरेको छ ।  

चुक्ता पूँजी २ अर्ब एक करोड छ । जगेडा कोषमा ४९ करोड १३ लाख रुपैयाँ छ । कम्पनीले साढे दुई अर्ब पुर्याउन ५० करोड आवस्यक पर्ने भएकाले बोनस शेयर दिएर पनि केहि रकम अपुग देखिन्छ ।

बीमा कोष एक अर्ब ६३ करोड पुगेको छ । यस पटक कम्पनीले मुनाफाबाट कर्मचारीका लागि ९ करोड ९ लाख रुपैयाँ बोनसका लागि छुट्टाएको छ । यस वर्ष पुनर्बीमा कमिशन आय १८ प्रतिशतले बढाएर तीन ३६ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ । प्रतिशेयर आम्दानी २७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया