Nepal Life

मर्जर पछि सानिमा जिआइसीको सम्पुर्ण सूचकमा उत्साहप्रद उपलब्धी, मुनाफा ९३ प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 06:25
मर्जर पछि सानिमा जिआइसीको सम्पुर्ण सूचकमा उत्साहप्रद उपलब्धी, मुनाफा ९३ प्रतिशतले बढ्यो
Sanima Reliance

काठमाडौं । मर्जर पछि सानिमा जिआइसीले सम्पुर्ण सूचकमा उत्साहप्रद उपलब्धी हासिल गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा खुद मुनाफा ९३ प्रतिशतले बढाएर २८ करोड एक लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।  अघिल्लो वर्षको यहि अवधिमा १४ करोड ४९ लाख थियो ।

साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी बराबरी हैसियतमा मर्जर भएका थिए । मर्जर सँगै चुक्ता पूँजी २ अर्ब पुगेको छ । जगेडा कोषमा ३२ करोड ९४ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीले यस वर्षको नाफाबाट बोनस शेयर दिएर २० करोड भन्दा धेरै पूँजी थप गर्न सक्ने देखिन्छ । यस सँगै कम्पनीलाई हकप्रद शेयर निष्काशनको लागि धेरे चेष्टा गर्नु पर्दैन । बीमा कोषमा ४२ करोड जम्मा भएको छ ।

समिक्षा अवधिमा कुल बीमा शुल्क आरेजन ९७ प्रतिशतले बढेर २ अर्ब ६ करोड पुगेको छ । त्यस्तै खुद बीमा शुल्क आर्जन भने ३२ करोड १७ लाख रुपैयाँ रहेको छ । यस वर्ष दाबी भुक्तानीमा पनि उल्लेख्य बृद्धि भएको छ । गएको वर्ष कम्पनीले २८ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस वर्षक पुनर्बीमा कमिशन बापत ३२ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । यस वर्ष कर्मचारीले पनि राम्रो बोनस पाउने भएका छन् । यसका लागि मुनाफाबाट ४ करोड छुट्टाएको छ । प्रतिशेयर आम्दानी १४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया