Nepal Life

सनराइज सेक्युरिटिजले गराउन थाल्यो सेयर कारोबार, सहजरुपमा सेवा दिने प्रतिबद्धता

NMB Bank
  • BFIS News
  • 2024 Aug 14 20:53
सनराइज सेक्युरिटिजले गराउन थाल्यो सेयर कारोबार, सहजरुपमा सेवा दिने प्रतिबद्धता
National Life

काठमाडौं। लक्ष्मी सनराइज बैंकको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिजले सेयर कारोबार गराउन थालेको छ।

Shikhar
NIMB

बैंकका अध्यक्ष रमण नेपालले बुधबार कम्पनीको कारोबार सञ्चालन शुभारम्भ गरे। उनले कम्पनीले सेयर कारोबारसँग सम्बन्धित सेवा सहजरुपमा दिने विश्वास व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकको सहायक कम्पनीका रुपमा अर्को संस्थाले कारोबार सुरु गरेकामा खुशी व्यक्त गरे। सनराइज सेक्युरिटिजका प्रबन्ध सञ्चालक कमल गौतमले कम्पनीले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवा सरल र सहजरुपमा प्रदान गर्ने बताए।

कम्पनीको अधिकृत तथा चुक्ता पूँजी २० करोड रुपैयाँ छ। गैह्रीधारामा कार्यालय रहेको कम्पनीको स्टक ब्रोकर नम्बर १०० हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया