Nepal Life

बुलिस ट्रेण्डमा जुन कम्पनीमा लगानी गर्दा पनि मालामाल, यि कम्पनीले बनाए लगानीकर्तालाई राता रात करोपति

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Sat 06:37
बुलिस ट्रेण्डमा जुन कम्पनीमा लगानी गर्दा पनि मालामाल, यि कम्पनीले बनाए लगानीकर्तालाई राता रात करोपति
Sanima Reliance

काठमाडौं । बुलिस ट्रेण्डमा रहेको शेयर बजारमा हालसम्म सबै कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । पछिल्ला दिनमा यस्तो कुनै कम्पनी छैन जसले लगानीकर्ताको पोर्टफेलियोमा व्यापक सुधार नगरेको  । मात्र के हो भने यस अगाडिको बुलको पोर्टफेलियो सँग तलुना गर्ने हो भने केहि तलमाथि मात्रै छ । तर पछिल्लो ६ महिनामा ट्रेडरले भने राम्रो पैसा कमाएका छन् । दीर्घकालिन लगानीकर्ताले भने झण्डै दोब्बर भन्दा धेरैले पोर्टफेलियो बढाएका छन् ।

NIMB

शेयर बजार विगत एक वर्षको अवधिमा सर्वाधिक तल्लो विन्दु १८२६ अंकसम्म तल झरेर तीन हजारसम्म आइपुगेको छ । यस अवधिमा नेप्से सूचक ११७४ अंकले बढेको छ । यस भन्दा अगाडीको बुलमा नेप्से सूचक ११ सय अंकबाट बढेर ३२ अंकसम्म पुगेको थियो । जसमा शेयर बजार २१ सय अंकले बढेको थियो । यस पटकको बुल प्रारम्भिक चरणमा रहेको बताइए पनि १४८ वटा कम्पनीको शेयर मूल्य सत प्रतिशत भन्दा धेरैले बृद्धि भइसकेको छ । यसमा पनि कतिपयको शेयर मूल्य अस्वभाविक रुपमा बृद्धि भएका छन् । ९८ वटा कम्पनीको शेयर मूल्य अझै पनि ३० देखि ९० प्रतिशतको आसपासमा बृद्धि भएका छन् । ऋणपत्रमा समेत यस वर्ष ३० प्रतिशत हाराहारीसम्मको सुधार देखियो ।

सबैभन्दा सस्ता र महंगा कम्पनी

शेयर बजारमा २ सय भन्द मुनिका कम्पनी पाउन छाडेका छन् । हकप्रद निष्काशन गर्दा बिक्री नभएर सर्वसाधारणलाई बिक्री गरिएको संस्थाको शेयर जुन दोस्रो बजारम सहजै कारोबार हुन्छ यसको पनि बजार मूल्य १९७ रुपैयाँ पुगेको छ । यस बाहेक १७ वटा कम्पनीको शेयर मूल्य ३ सय रुपैयाँ भन्दा मुनि रहेको छ । यसमा अधिकाम्स कम्पनी बाणिज्य बैंकहरु रहेका छन् ।

तीन सय रुपैयाँ भन्दा माथि ४ सय रुपैयाँ भन्दा तल बजार मूल्य रहेका कम्पनी २३ वटा छन् । यसमा अधिकाम्स कम्पनी जलविद्युत क्षेत्रका छन् । जसको वित्तीय अवस्था एकदमै कमजोर र ओभर सप्लाइ छ तिनिहरु यस रेञ्जमा खरिद गर्न सकिन्छ ।

अर्को ४ सय रुपैयाँ भन्दा माथि ५ सय रुपैयाँसम्ममा २५ वटा कम्पनी छन् । यसमा पनि थोरै विकास बैंक र केहि बाणिज्य बैंक छन् । यस बाहेक सबै जलविद्युत क्षेत्रकै कम्पनी छन् । यस समुहका कम्पनीको शेयर मूल्यमा त्यति धेरै ठुलो उछाल छैन । जसको ५० प्रतिशतदेखि १६० प्रतिशतसम्मको सुधार देखिन्छ ।

बजार मूल्य ५०० देखि ६०० को विचमा भने विकास बैंक र बीमा कम्पनीहरुको संख्या बढि छ । यसमा यस समुहको सुधार भने एकदमै आकर्षक छ । एक सयदेखि ३०० प्रतिशत भन्दा माथिको सुधार भएको देखिन्छ । अर्थात बीमा र विकास बैंकका शेयरहरुमा राम्रै सुधार देखिन्छ ।

शेयर मूल्य ६०० देखि ७०० को विचमा पनि बीमा कम्पनी, सिमेन्ट, हाइड्रोपावर छन् । सबैभन्दा सस्ता लघुवित्त वित्तीय संस्था यस समुहमा छन् । यस समुहका शेयरधनी सबैभन्दा धेरै लाभान्वित छन् । ७ सयदेखि ८०० को विचमा भने फाइनान्स कम्पनी छन् । यस समुहका कम्पनीको शेयर मूल्यमा खासै ठुलो उछाल छैन । ८०० भन्दा माथि ९ सयको विचमा १२ वटा कम्पनी छन् । ९ सयदेखि एक हजारको विचमा २६ वटा कम्पनी छन् । यसमा केहि ऋणपत्र पनि छन् । ऋणपत्र बाहेकका अन्य कम्पनीमा भने राम्रो उछाल आएको छ । यस पटकको बुलमा सबैभन्दा महंगा कम्पनी भित्र खासै धेरै कम्पनी छैनन् । सदा झै यस वर्ष युनिलिभर, बोटलर्स नेपाल तथा तराइ, राष्ट्रिय बीमा कम्पनी, साल्ट ट्रेडिङ र विशाल बजार छन् । यि बाहेक लघुवित्त वित्तीय संस्था छन् । जसको बजार मूल्य अधिकतम ३ हजारको रेञ्जमा छन् ।

यस वर्ष लगानीकर्ताको आकर्षण बीमा कम्पनीमा सबैभन्दा धेरै देखिएको छ । यस पछि अघिल्लो बुलमा आउन नसकेको उछाल लघुवित्त वित्तीय संस्थामा आउन खोजेको छ । यद्यपी नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा लगाउदै आएको अंकुसलाई हटाइसकेको छैन । यस वर्ष पछि लघुवित्तको लाभांशमा लगाइएको अंकुस खुला नगरिएको हुँदा जति सुकै राम्रो लाभांश दिने कम्पनीको हकमा पनि राम्रो उछाल आउने देखिदैन । तर भोलिका दिनमा लाभांशको स्वीकृति लिएर जाने लघुवित्तलाई राष्ट्र बैंकले कसरी अनुमति दिन्छ भन्ने कुराको पर्खाइमा लगानीकर्ता छन् ।

जहिले पनि अघिल्लो बुल पछिल्लो बुलको बटम लाइन हुने गर्छ । जस्तै शेयर बजार ३२ सय अंक हुँदा यस भन्दा अगाडी बुलको अधिकतम विन्दु १८ सयलाई बटम बनायो । त्यस्तै १८ सयको बुलमा ११ सयलाई बटम बनायो । यहि हिसावले अवको बुलमा पनि शेयर बजारले ३२ सयको अंकलाई छिचोलेर अगाडी जानु पर्नेछ । जुन बाँकी छ । यदि यसलाई क्रस गरेर गयो भने त्यसबाट बजार तल झर्दा पनि ३ हजारको हाराहारीको विन्दु सबैभन्दा तल्लो विन्दु हुने पक्का छ । यसले गर्दा पनि यो समयमा ट्रेडर एकदमै हाबी छन् । जसले बजारमा अधिकाम फाइदा उठाइरहेका छन् ।

जुन कम्पनी किने पनि एक हप्ता भन्दा बढि राख्नु पर्ने अवस्था छैन । आफ्नो टार्गेट सेट गर्दै उपसूचकमा आफ्नो लगानी घुमाइरहेकै कारण यस पटकको बुलमा पनि इन्ट्रा डे करेक्सनमा बजार सिमित छ । अहिले शेयर बजारमा स्वदेश विदेशबाट लगानीकर्ताले खरिद गरिरहेका छन् । वैदेशिक रोजगारमा गएका तथा विदेशमा अध्ययनका लागि गएका विद्यार्थीहरुले समेत अनलाइन मार्फत ठुलो मात्रामा शेयर खरिद बिक्री गरिरहेका छन् । जसले गर्दा बजारमा कारोबार रकमले हरेक दिन रेकर्ड तोडिरहेको छ । यस साता मात्रै शेयर बजारमा एक खर्ब २७ अर्बको कारोबार भएको छ । यति धेरै कारोबार हुनुमा इन्ट्रा डे करेक्सन र इन्डेक्स मुभमेन्ट नै हो । एउटै लगानीकर्ताले १० लाखलाई एकै दिन तीन पटक घुमाउछ । जहाँ एउटा बिक्री गर्छ अर्को किन्छ । बिक्री गरेको पैसाले किनेको शेयरलाई परिपुर्ती गर्छ ।

अर्को तर्फ बैंकहरुले स्थापना गरेका ब्रोकरले आफ्नो कर्मचारीलाई शेयर खरिद बिक्रीका लागि राम्रो लिमिट दिएका छन् । जसले शेयर खरिद गरेपछि मात्रै पैसा दिए हुन्छ । यदि कसै सँग अगाडीदेखिकै शेयर छ भने सोहि शेयरलाई घुमाउदा पुग्छ थप पैसा झिक्नु पर्ने जरुरत नै छैन ।

यस बाहेक नयाँ ब्रोकर जो हिजोका दिनमा आफै लगानीकर्ता थिए उनिहरुले अझ धेरै कन्फिडेन्सका साथ कारोबार बढाइरहेका छन् । अहिले बजारमा मारवाडीदेखि लिएर ठुला ठुला लगानीकर्ताले पनि कारोबार गरिरहेका छन् । यदि इन्ट्रडे कारोबारको व्यवस्था हुने हो भने कारोबार रकममा ठुलो परिवर्तन आउने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउछन् ।

लगानीकर्तामा राम्रो कन्फिडेन्स देखिएको छ । कन्फिडेन्स बढाउनुमा सबैभन्दा ठुलो भुमिका अर्थमन्त्री विष्णु प्रसाद पौडेर र प्रधानमन्त्री केपि शर्मा ओलीको छ । दुबैले शेयर बजारको फेबरमा बोल्दै आइरहेका छन् । यसले गर्दा पनि बजारमा सबैको ध्यान तानिएको हो ।

यसले गर्दा बजारमा एकैदिन सुधार सँगै इन्ट्रा डे करेक्सन भइरहेको बजार विश्लेषक नवराज दाहाल बताउछन् । यस्तो समयमा नाफा बुक गर्दै लगानी बढाउदै जानु पर्ने उनि बताउछन् । लगानीकर्ताले बजारको हल्लाको पछाडी मात्रै नलागेर सुझबुझका साथ आफ्नो टार्गेट सेट गर्यो भने अहिलेको समयमा सबैभन्दा सहि कदम हुन जान्छ । अझ राम्रो पक्ष बजारमा पैसा कमाउदै जादा प्रारम्भिक रुपमा लगानी गरेको रकमलाई सुरक्षित गर्दै बैंकमा राख्दै जाने र बजारबाट आएको पैसालाई बजारमै उपयोग गर्दै जाने हो भने भोलिका दिनमा ठुलो करेक्सन हुँदा पनि बोट नै गुमाउनु पर्ने अवस्थाबाट बच्न सकिन्छ ।

शेयर यस्तो क्षेत्र हो जहाँ बेच्नेले जित्छ । बिक्री गरुन्जेल त्यो भ्यालु हुन्छ भने बिक्री गरेपछि मात्रै क्यासको रुपमा कन्भर्ट हुन्छ । फरक यत्ती हो यो यस्तो भ्यालु हो जसलाई चाहेको समयमा लिक्वीड गर्न सकिन्छ । तर सहि समयमा लिक्वीड गर्न सकियो भने त्यसले ठुलो अर्थ राख्छ । अहिले शेयर बजार कमाउनेका लागि खुला मैदान जस्तै भएको छ । नयाँ आउने लगानिकर्ता र जोखिम बहन गर्न नसक्ने लगानीकर्ताले भने एकदमै संयमित भएर बस्नु पर्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया