Nepal Life

कालिञ्चोक दर्शनको मुनाफा ११४ प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी ५ रुपैयाँ, लाभांश दिन नसक्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 07:17
कालिञ्चोक दर्शनको मुनाफा ११४ प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी ५ रुपैयाँ, लाभांश दिन नसक्ने
Sanima Reliance

काठमाडौं । कालिञ्चोक दर्शनको मुनाफा ११४ प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी भने ५ रुपैयाँ रहेको छ । कालिञ्चोकले गत वर्ष सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको थियो ।

सर्वसाधारणका लागि शेयर जारी गरे सँगै कम्पनीले नियमित रुपमा वित्तिय विवरण सार्वजनिक गर्न थालेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४.९९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कालिञ्चोकको चुक्ता पूँजी ६० करोड रहेको छ । अझै पनि जगेडा कोष एक करोड ८० लाख रुपैयाँले ऋणात्मक छ । यसले गर्दा कम्पनीले यस वर्ष लाभांश दिन सक्ने छैन । तर यस वर्षको मुनाफाका आधारमा प्रतिशेयर आम्दानी भने ५ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आदानी ३३.८२ प्रतिशत बढेर ७ करोड ५९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ३५.०१ प्रतिशत बढेर ६ करोड ८२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ४८.६० प्रतिशत बढेको छ भने कुल खर्च ३८.९८ प्रतिशत बढेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया