Nepal Life

नयाँ लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने १५ कुराहरु

Global Ime detail Page
  • पदम राज पौडेल
  • 2024 Aug Mon 19:42
नयाँ लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने १५ कुराहरु
Sanima Reliance

काठमाडौं । पछिल्लो समय शेयर बजारमा सर्वसाधारणहरुको आकर्षण बढ्दो छ । शेयर लगानीकर्ताहरुले राम्रै कमाइरहेका पनि छन् । तर शेयर बजारमा लगानी गर्ने सबैले कमाउँछन् भन्ने होइन । शेयर बजार जोखिम भएको बजार हो, यसकारण यहाँ शतप्रतिशत कमाइको ज्ञारेन्टी हुँदैन । बजारबारे राम्ररी बुझेर शेयर खरिद गर्नेहरुले राम्रै कमाएका पनि छन् ।

NIMB

आफूले कुन कम्पनीको शेयर किन्न लागेको र त्यो कम्पनीको किन शेयर किन्ने भन्ने सामान्य कुराहरु पनि नबुझी वा साथीभाइहरुको लहलहैमा लागेर बजार प्रवेश गर्नेले गुमाएका पनि छन् ।

शेयर बजारमा प्रवेश गर्नुअघि बजारबारे आधारभूत ज्ञान भने हुनै पर्छ । तर साथीभाइ, आफन्त वा सञ्चार माध्यममा कसैले शेयरबाट यति कमायो भन्ने सुनेकै भरमा लगानी गर्दा धेरै जोखिम व्यहोर्नु पर्ने हुन्छ । शेयर बजार के हो ? यसबाट कसरी प्रतिफल लिन सकिन्छ भन्ने कुरामा सर्वप्रथम नयाँ लगानीकर्ताहरुले ध्यान दिनु पर्छ ।

लगानीकर्ताले शेयर बजारमा लगानी गर्दै गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्छ ।

१. आफ्नो लगानीको ६० प्रतिशत पिइ रेसियो (PE Ratio) कम भएका, ROE १५ भन्दा बढी भएको, बोनस दिने कम्पनी छानेर लामो समयको लागी किन्नु पर्छ ।

२. आफ्नो लगानीको ३० प्रतिशत मात्र कारोबार (trading) गर्ने, १० प्रतिशत नगद राख्ने ।

३. कुनैपनी कम्पनीको मुल्यमा पोजेटीभ सर्किट लागेको छ भने त्यस्तो कम्पनी सकभर नकिन्ने ।

४. नेप्सेले all time high बनाउदा trading को ५० प्रतिशत स्टक बेच्ने ।

५. सेयर किन्दा सबै पैसाको एकैपटक नकिन्ने। एकपटकमा बढिमा २५% को मात्र किन्ने ।    

६. अचानक ठुलो अंकले बजार घट्छ भने तत्काल किन्ने गल्ती नगर्नु होला । नगद छैन भने केही स्टक बेचेर नगदमा बस्ने।बजार थामियपछी मात्र किन्ने ।

७. किनेको सेयरको भाउ बढ्दै जान्छ भने थप्दै जाने । कमजोर कम्पनिमा घट्दो क्रममा averaging नगर्ने ।

८. सबै स्टकहरु तपाइले किनेकै मुल्यमा पुग्छन् भन्ने हुदैन ,कहिलेकाहीं घाटामा पनी बेच्नुपर्ने हुन्छ । यसलाई स्टप लस भनिन्छ ।

९. ब्रोकर संग उधारो कारेबार सकभर नगर्ने ।

१०. पुष मसान्त र असार मसान्त लाग्नुभन्दा पहिला ५०% trading stock बेचेर cash मा बस्ने । त्यो समय नेपालको सेयरबजारको लागी अत्यासलाग्दो समय हो। 

११. न्युज आइसकेपछी कुनै स्टकको मुल्य बढ्छ भने किन्ने हतार नगर्नु । तपाइको खातामा नआउदै घट्न सक्छ ।

१२. बैकको ब्याजदर बढ्न थालेपछी  ठुलालगानिकर्ताहरु बिस्तारै बजारबाट निस्कन सक्ने हुदा चनाखो हुनुपर्छ ।

१३. फ़ेसबुक र क्लवहाउसको हल्लाको भरमा कहिल्यै सेयर नकिन्ने ।         

१४. तपाइले किन्न नजानेर भन्दापनी सही समयमा बेच्न नजानेर धेरै गुमाउनु पर्ने हुनसक्छ । बढेको बेलामा धेरै लोभ नगर्नुहोला ।

१५. फेक आइडी वाला गुरुहरु र फेक अनलाइन न्युजको विस्वास नगर्नुस् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया