Nepal Life

रिलायबल नेपाल लाइफको मुनाफा ५७ प्रतिशतले बढ्यो, जगेडा कोषमा सर्वाधिक धेरै एक अर्ब ४७ करोड

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 05:40
रिलायबल नेपाल लाइफको मुनाफा ५७ प्रतिशतले बढ्यो, जगेडा कोषमा सर्वाधिक धेरै एक अर्ब ४७ करोड
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफले गत आर्थिक वर्ष २०७९/८० मा ५७ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षमा ४३ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यस भन्दा अघिल्लो आर्थिक वर्षमा २७ करोड ४८ लाख रुपैयाँ थियो ।

NIMB

कम्पनीको खुद बीमा शुल्क आर्जन भने ७.७३ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा तीन अर्ब ४७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । यस भन्दा अघिल्लो वर्षमा तीन अर्ब ७७ करोड थियो ।

गत असार मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी सत प्रतिशतले बढेर २ अर्ब ८० करोड पुगेको छ । यो प्राथमिक शेयर निष्काशन गर्नु भन्दा अगाडीको पूँजी हो । त्यस्तै जगेडा कोषमा एक अर्ब ४७ करोड रहेको छ । यस्तो रकम जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै हो ।

जीवन बीमा कोषमा  ६ अर्ब ६३ करोड रुपैयाँ जम्मा भएको छ । यस्तो कोष एक वर्षको अधविमा ४४ प्रतिशतले बढेको हो । बीमितले बीमा लेख धितोमा राखेर गएको वर्षमा ३० करोड ३१ लाख रुपैयाँ कर्जा लिएका छन् । दाबी भुक्तानी ५७ प्रतिशतले बढेर एक अर्ब ११ करोड भुक्तानी गरेको  छ ।

गत वर्ष अभिकर्ताले पाउने कमिशन ११ प्रतिशतले घटेको छ । समिक्षा अधिमा अभिकर्ताले ५० करोड ८० लाख रुपैयाँ कमिशन बुझेका छन् । प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया