Nepal Life

युनाइटेड अजोडमा अभिकर्ता बन्ने अवसर, भदौ १७ गतेदेखि तालिम सँगै परीक्षा हुँदै

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 13:44
युनाइटेड अजोडमा अभिकर्ता बन्ने अवसर, भदौ १७ गतेदेखि तालिम सँगै परीक्षा हुँदै
Sanima Reliance

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आगामी भदौ १७ गतेदेखि सिराहाको लाहानमा अभिकर्ता तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ १७ गतेदेखि १९ गतेसम्म विहान ९ बजेदेखि ५ बजेसम्म तालिम सञ्चालन गर्नेछ । तालिममा सहभागी भएकाहरुलाई भदौ १९ गते मंगलबार परीक्षा लिने कार्यतालिका रहेको छ । परीक्षा भने बेलुका ५ बजेदेखि साढे ६ बजेसम्म सञ्चालन हुनेछ ।

NIMB

अभिकर्तासम्बन्धी नयाँ व्यवस्था अनुसार कम्पनीले परीक्षा प्रणालीबाट अभिकर्ता बनाइरहेको छ । एसएलसी उत्तीर्ण गरेका नेपाली नागरिकले अभिकर्ताको लाइसेन्सका लागि आवेदन दिन पाउने छन् । तालिममा सहभागि हुनका लागि कम्पनीले न्युनतम ५०० रुपैयाँ शुल्क लिने व्यवस्था गरेको छ । अहिले लिइएको यो लाइसेन्स आगामी तीन वर्षसम्म योग्य हुनेछ । त्यस पछि भने नविकरण गर्नु पर्नेछ ।

कम्पनीले नेपालभरका शाखा कार्यालयबाट परीक्षा तालिका बनाइरहेको छ । निर्जीवन बीमा कम्पनीको अभिकर्ता बन्न चाहनेले युनाइटेड अजोडको शाखा कार्यालयमा गएर सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया