Nepal Life

मर्जर पछि प्रभु महालक्ष्मी आक्रामक, पहिलो महिनामै ५४ करोड १७ लाख बीमा शुल्क संकलन

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sat 10:04
मर्जर पछि प्रभु महालक्ष्मी आक्रामक, पहिलो महिनामै ५४ करोड १७ लाख बीमा शुल्क संकलन
Sanima Reliance

काठमाडौं । मर्जर पछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी आक्रामक देखिएको छ । मर्जर पछिको पहिलो श्रावण महिना सारै सुखर र उपलब्धिपुर्ण रहेको कम्पनीले जनाएको छ ।

NIMB

मर्जर पछिको पहिलो महिनामै कम्पनीले ५४ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गएको एक महिनामा कम्पनीले १३ ठाउँमा क्षेत्रीय अभिकर्ता सम्मेलन गरेको छ । त्यस्तै १०९ वटा शाखा उपशाखामा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्तालाई मिलन गराउनेदेखि लिएर सौहार्द रुपमा काम गर्ने वातावरणको सिर्जना गरेको छ ।

जीवन बीमा व्यवसायमा अग्रपङ्तीमा रहेर काम गर्ने अभिकर्तालाई मिलन गराउदै कम्पनीले उल्लेख्य उपलब्धी हासिल गरेको हो । मर्जर पछि साविका दुई कम्पनीका अभिकर्ताहरुले एक अर्कालाई नचिन्ने अवस्थालाई मध्यनजर गर्दै मर्जरको पहिलो महिनामै अभियानकै रुपमा अभिकर्ता मिलन कार्यक्रम आयोजना गरेको हो ।

कम्पनीले अभिकर्ताका साथ साथै दुई कम्पनीका कर्मचारीलाई पनि मिलाउने काम गर्यो । कम्पनीले सौराहामा ११५ वटा शाखा कार्यालयका प्रमुखहरुलाई बोलाएर राष्ट्रिय सम्मेलन गर्यो । यस सँगै साविक दुई कम्पनीका शाखा प्रमुखहरुले एक अर्कालाई चिन्ने तथा सम्बन्ध बनाउने अवसर पाएका थिए । कम्पनी उपत्यका भित्रका अण्डराइटिङ विभागका कर्मचारीहरुको क्षमता अभिबृद्धि तथा आपसी चिनजानका लागि कार्यक्रम आयोजना गरिएको थियो । 

कम्पनीले मर्जर अगाडी नै दुबै कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीहरुलाई मिलाउने तथा सम्बन्ध बनाउने काम गरिसकेको थियो । बैंक वित्तीय संस्थामा तीन दशक भन्दा लामो समय प्रमुख कार्यकारी अधिकृतको भुमिका निर्वाह गरिसकेका रमेश कुमार भट्टराईको अथक मिहिनेतले कम्पनीले यो उपलब्धी हासिल गरेको हो ।

कम्पनीले साविक दुई कम्पनीको केन्द्रिय कार्यालय भन्दा फरक भवनमा प्रधान कार्यालय सञ्चालनमा ल्याएको छ । दुबै कम्पनीले साविकका कम्पनीको धेरै कुराहरुलाई विर्सिएर नयाँ सुरुवात गरेका छन् । अभिकर्ता स्तरमा रहेका कतिपय विवादलाई पनि कम्पनीले सहजै समाधान गरिसकेको छ ।  

भट्टराइ आफैमा मर्जर क्षेत्रमा सबैभन्दा अनुभवी प्रमुख कार्यकारी अधिकृतको रुपमा परिचित छन् । हिजोका दिनमा भोगेका अनुभवलाई आधार मानेर राम्रा पक्षको अभ्यास गर्दा मर्जर सफल रहेको उनको भनाइ छ । कम्पनीले साविकका दुई कम्पनीका कर्मचारीको भावनालाई नमर्ने गरी सबैलाई चित्त बुझाएर काम गरिएकाले मर्जर पछाडी कुनै पनि इस्यु नरहेको उनले दाबी गरेका छन् । कम्पनीले मर्जर अगाडी नै संयुक्त रुपमा क्यालेन्डर तयार पारेको थियो । जुन नेपालको मर्जरको इतिहासमा पहिलो अभ्यास थियो ।

हाम्रो समाचार मन परेमा बाँकी समाचारका लागि फेसबुक पेजमा लाइक र फलो गर्न यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया