NIMB Header 2
Nepal Life

प्राधिकरणबाट अनुमति नलिइ ‘बीमा’ शब्द प्रयोग गरेर कुनै पनि व्यवसाय गर्न नपाइने

National Life
  • BFIS News
  • 2023 Aug 20 21:50
प्राधिकरणबाट अनुमति नलिइ ‘बीमा’ शब्द प्रयोग गरेर कुनै पनि व्यवसाय गर्न नपाइने
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनुमति नलिइ ‘बीमा’ शब्द प्रयोग गरेर कुनै पनि पेशा व्यवसाय नगर्ने निर्देशन दिएको छ । बीमा ऐन २०७९ को दफा २४ अनुसार बीमा प्राधिकरणबाट अनुमति नलिइ कसैले पनि बीमा, पुनर्बीमा, बीमाकोष जस्ता जुनसुकै शब्द प्रयोग गरेर व्यवसाय गर्न नपाउने व्यवस्था गरेको छ ।

Shikhar
NIMB

प्रत्यक्ष अप्रत्यक्ष रुपमा बीमा व्यवसाय सम्बन्धी कुनै पनि कारोबार, व्यवसाय, उद्योग वा व्यापार गर्न वा गराउन हुँदैन भन्ने र दफा १५३ अनुसार बीमक बाहेक अन्य कसैसँग बीमा व्यवसाय समब्न्धी कारोबार गर्न नहुने भनिएको छ ।

यस्ता कानुनी प्रावधान विपरित हुनेगरी बीमक बाहेकका संगठित संस्थाहरुले बीमा व्यवसाय सँग सम्बन्धित कारवबारहरु गरेको देखिएको हुँदा त्यस्तो कार्य नगर्न प्राधिकरणले सचेत गराएको छ । यस्तो काम गरेमा बीमा ऐनको दफा १४० को दफा एक को खण्ड क बमोजिम दण्ड जरिवाना गर्न सकिने व्यवस्था छ । यस्तो व्यवस्थाको विपरित हुनेगरी कसैलेपनि बीमा व्यवसाय समब्न्धी कारोबार व्यवसाय, व्यापार वा उद्योग गर्ने वा अन्य कुनै प्रयोजनका लागि आफ्नो कम्पनी, फर्म वा संस्थाको नाममा बिमा, पुनर्बीमा, बीमा कोष जस्ता शब्दहरु प्रयोग नगर्न तथा प्राधिकरणबाट इजाजत प्राप्त बीमक बाहेक अन्य कुनै कम्पनी फर्म वा संस्थासँग बिमा सम्बन्धी कारोबार वा बीमा व्यवसाय नगर्न नगराउन सम्बन्धित सबैलाई प्राधिकरणले सूचित गरेको छ ।

हाम्रो समाचार मन परेमा बाँकी समाचारका लागि फेसबुक पेजमा लाइक र फलो गर्न यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया